काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आकर्षक मूल्य, प्रिमियम फिचर र स्टाइलिस डिजाइनमा बनेका कारहरुको बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले करिब २३ लाखदेखि १ करोड ४५ लाखसम्मका गाडी बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा विभिन्न ११ मोडलका ४३ भेरियन्टमा गाडी बिक्री गर्दै आएको छ ।
यस्तोमा हुन्डाई ब्राण्डबाट गाडी चढ्न सुरु गर्ने तयारीमा रहेका ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले ३० लाख रुपैयाँभन्दा कम मूल्यमा २ मोडलका विभिन्न ६ भेरियन्ट बिक्री गर्दै आएको छ ।
जसमा सेन्ट्रो म्याग्ना, एएमटी, स्पोट्ज, आस्टा र इरागरि पाँच भेरियन्ट रहेका छन् । साथै, ग्रान्ड आई १० को एउटा मोडल ३० लाख रुपैयाँ भित्र आउने कार हो । नेपालमा ग्रान्ड आई १० तीन भेरियन्टमा बिक्री वितरण भइरहेको छ ।

कम्पनीले कम मूल्यका सेन्ट्रोको ५ भेरियन्टमा सबैभन्दा सस्तो भेरियन्ट सेन्ट्रो इरा हो । इराको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ । सेन्ट्रोको मग्ना भेरियन्टको मूल्य २५ लाख ५६ हजार, मग्ना एएमटी मोडलको २८ लाख ९६ हजार र स्पोट्जको २७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै सेन्ट्रोको टप भेरियन्ट आस्टा हो । यो सेन्ट्रोको सबैभन्दा महंगो मोडलसमेत हो । कम्पनीले आस्टाको मूल्य ३० लाख ५६ हजार रुपैयाँ तोकेको छ ।
यी कारमा १०८६ सीसी क्षमताको इन्जिन लगाइएको सेन्ट्रोले २० किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

हुन्डाई ग्राण्ड आई १० नेपाली बजारमा ३० लाखभन्दा कम मूल्यमा पाइने अर्को मोडल हो । तर, तीन भेरियन्टमा बिक्री हुँदै आएको हुन्डाई ग्रान्ड आई १० एउटा मोडल मात्र ३० लाख रुपैयाँ भित्र पाउन सकिन्छ ।
ग्रान्ड आई १० मग्ना भेरियन्ट २९ लाख ५६ हजार रुपैयाँमा बिक्री भइरहेको छ । निकै सफल यो मोडल सस्तो, राम्रो र भरपर्दाे मोडलको रुपमा परिचित रहेको छ ।

