स्टाइल र पर्फमेन्सको हिसावले उत्कृष्ट देखिने रिभोनेक्स इलेक्ट्रीक मोटरसाइकल सन् २०२१ को सुरुवातबाट बिक्री हुने कम्पनीले जनाएको छ । क्याम्को मोटर्सले उत्पादन गरिरहेको यो इलेक्ट्रीक पावरफुल नेकेड मोटरसाइकलमा म्यानुयल गियरबक्स दिइएको छ ।
यो मोटरसाइकल दुई नम्बर गियरमा चलाउँदा नै सहरी बाटोमा ११२ किलोमिटर प्रतिघण्टाको रफ्तार भेट्टाउने कम्पनीले दाबी गरेको छ । मोटरसाइकलको टप स्पीड क्षमता २०० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यो मोटरसाइकललाई ० देखि ६० किलोमिटरको स्पीडमा लग्न केबल ३.९ सेकेन्ड लाग्छ भने ११.८ सेकेन्डमा २०० किमिको रफ्तार भेट्ने दाबी कम्पनीले गरेको छ ।
मोटरसाइकलमा चार ड्राइभिङ मोड दिइएको छ । कम्पनीले अहिलेसम्म यसको मूल्य नभनेपनि यसलाई अन्तर्राष्ट्रिय बजारमा २० हजार पाउन्डमा किन्न सकिने अनुमान गरिएको छ ।


