अबको ट्याक्सीमा पहिलो दाबेदार टाटा टिगोर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपालमा अहिले सेडान कारलाई ट्याक्सी बनाउने चर्चाले अटोबजार तताएको छ । सवारीसाधनको बिक्रीमा आइरहेको ह्रासले चिन्तित बनेका अटो व्यवसायीहरुको जमघटमा ट्याक्सीको नयाँ मापदण्डले स्थान पाएको छ ।

सरकारले १२०० सीसी क्षमताको इन्जिन भएका र तीन सिलिन्डरभन्दा माथिका सेडन कारलाई ट्याक्सी बनाउन सकिने व्यवस्था गरेसँगै बजारमा ट्याक्सी कस–कसले बिक्री गर्छन् भन्ने चर्चा चुलिएको छ ।

सरकारले तोकेको मापदण्ड अनुसार बजारमा उपलब्ध कम्प्याक्ट सेडान करमा टाटा टिगोर, हुन्डाई एक्सेन्ट, होन्डा अमेज, मारुती सुजुकी स्वीफ्ट डिजायर, फोर्ड एस्पायर लगायतका मोडल रहेका छन् ।

ती मध्य मूल्यका हिसावले सबैभन्दा सस्तो कम्प्याक सेडान टाटा टिगोर हो । करिब दुई वर्ष अगाडि नेपाली बजारमा भित्रिएको टाटाको कप्याक्ट सेडान कार टिगोर विभिन्न ६ भेरियन्टमा बिक्री रहेको छ ।

टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमा बिक्री वितरण गर्दै आएको टिगोर आकर्षक मूल्य र फिचर लोडेड मध्यकै एक कम्प्याक्ट सेडान कार हो । विभिन्न ६ कलरमा उपलब्ध टिगोर कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड कलरमा पाउन सकिन्छ ।

टिगोरको एक्सई भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्ट एक्सजेड प्लसको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, एक्सएमओ भेरियन्टको २९ लाख ९९ हजार र एक्सजेड भेरियन्टको ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

टाटा टिगोरमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ६ हजार आरपीएममा ८५ बीएच पावरका साथै ३५ सय आरपीएममा ११४ एनएम टर्क प्रदान गर्छ ।

यातायात व्यवस्था विभागले अहिले संचालनमा रहेका ट्याक्सीमा बुट स्पेश नरहेको भन्दै नयाँ ट्याक्सीमा ठूलो बुट स्पेश हुनु पर्ने भन्दै सेडान कारलाई ट्याक्सी बनाउने निर्णय गरेको जनाएको छ । टिगोरमा ४१९ लिटरको विसाल बुट स्पेश रहेको छ ।

टिगोर कारको लम्बाई ३९९२ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३७ एमएम रहेको छ । १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । ३५ लिटर इन्धन क्षमता भएको यो कारको नेट तौल १०३५ किलोग्राम रहेको छ । यसले प्रतिलिटर २० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

यसको फ्रन्ट साइडमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । सुरक्षालाई मध्यनजर गरेर एबीएस, इबीडी र इएससीको फिचर दिइएको छ भने, फ्रन्टमा एमसी फ्रेसन र रियरमा ट्वीस्ट बीम सस्पेन्सन लगाइएको छ ।

कारमा बुटल होल्डर, की इन रिमाइन्डर, लगेज ल्याम्प, स्टेयरिङ माउन्टेड कन्ट्रोल, सेन्ट्रल कन्सोल, पावर स्टेयरिङ, पावर विन्डो जस्ताफिचर उपलब्ध छन् ।

एक्सटेरियरमा क्रोम फ्रन्ट ग्रिल, बडी कलर ह्यान्डल, बम्परको विशेषता समेटिएको छ भने, इन्टेरियरमा इन्र्टग्रेटेड फ्रन्ट हेडरेष्ट, डबल टोन इन्टेरियर, रियर भ्यु मिररको फिचर रहेको छ ।

रियर भ्यु क्यामरा, एयरब्याग, सेन्ट्रल लकिङ, ट्रिप डिस्ट्यान्स, डिजिटल क्लक, एलइडी फ्युल गज, टेकोमिटर, प्रोजेक्टर हेडल्याम्प, एलइडी टेललाइट, ओआरभीएम टर्न इन्डीकेटर लगायतका विविध विशेषता समेटिएको छ ।


Back_to_top