टीभीएसले आफ्नो चर्चित स्कुटर जुपिटरलाई नयाँ इन्जिनमा ल्याएको छ । भारतीय प्रदुषण मापदण्ड बिएस ६ अनुसारको इन्जिनमा आएको जुपिटर निकै आकर्षक र स्टाइलिस समेत देखिएको छ ।
एफआई इन्जिनको साथ आएको जुपिटरले रेगुलर मोडल बिएस ४ को तुलनामा १५ प्रतिशत बढी माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
विभिन्न तीन भेरियन्टमा उपलब्ध जुपिटर बेस, जेडएक्स र ग्रान्ड भेरियन्टमा उपलब्ध रहने छ । कम्पनीले यसमा अन्य कस्मेटिक परिमार्जन भने गरेको छैन । तर, नयाँ कलर अप्सनभने उपलब्ध गराएको जनाएको छ ।


