टाटाको नयाँ एसयूभीको नाम ‘ग्राभिटस’, फेब्रुअरीमा सार्वजनिक हुने

काठमाडौं । टाटा मोटर्सले बजारमा ल्याउने तयारी गरेको ७ सिट क्षमताको एसयूभीको नाम ग्राभिटस राखेको छ । कम्पनीले आगामी फेब्रुअरीमा हुने अटो एक्स्पोमा यसलाई सार्वजनिक गर्ने जनाएको छ । 

नयाँ एसयूभीको नाम सार्वजनिक गर्दै टाटा मोटर्स प्यासेन्जर यूनिटका अध्यक्ष मयंक पारीकले कम्पनी उत्कृष्ट एसयूभी ग्राहकलाई दिन प्रतिवद्ध रहेको बताए । 

ग्राभिटसलाई टाटा एच५ (ह्यारीयर)को ७ सिटर अप्सनको रुपमा दिइदै आएको छ । यसको लम्बाई ह्यारीयरको तुलनामा ६३ एमएम बढी रहेको छ । यसमा २७४१ एमएमको ह्वीलवेस दिइएको छ ।

कम्पनीले ग्राभिटसमा पनि एच५ मा दिइएको २.० लिटर इन्जिन नै दिएको छ । यसमा दिइएको इन्जिनले १७० बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ ।


Back_to_top