काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विभिन्न ब्रान्डका मोटरसाइकलको बिक्री वितरण भइरहेको छ । मोटरसाइकल किन्न र चढ्न चाहाने मानिसको संख्या बढेसंगै रोजाइ, इच्छा र ग्राहकको क्षमता अुनसारका मोटरसाइकल भित्रदै आएका छन् ।
आकर्षक बनोट, पर्फमेन्स र आकर्षक मुल्यका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् । यसैबीच, हामीले बनावट, मूल्य, इन्जिन पावर क्षमता, विशेषता लगायतका पक्षमा निक्कै समानता रहेका तर, एक अर्काका प्रतिस्पर्धी मोडलबीच तुलनात्मक विश्लेषण गरेका छौं ।
इन्जिन
पल्सर एनएस १६० टीडीमा सिंगल सिलिन्डर फोर स्ट्रोक फोर भल्भ एसओएचसि डीटीएस–आइ इन्जिन रहेको छ भने, यामाहा एफजेड भी थ्रीमा एयरकुल्ड फोर स्ट्रोक एसओएचसी २ भल्भ इन्जिन रहेको छ ।
एनएस १६० मा उपलब्ध इन्जिनले ८ हजार आरपीएममा १५.५ पीएस पावर उत्पादन गर्छ भने, ६५ सय आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यस्तै,एफजेड भी थ्रीमा उपलब्ध इन्जिनले ८ हजार आरपीएममा १३.२ पीएस पावरका साथै ६ हजार आरपीएममा १२.८ एनएम टर्क उत्पादन गर्छ । दुबै बाइकको इन्जिनमा फ्युल इन्जेक्टेड सिस्टम दिइएको छ भने, पाँच स्पीड म्यानुअल गियरबक्स लगाइएको छ ।
ब्रेक, सस्पेन्सन र टायर
दुबै बाइकको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ भने, समान १७ इन्चको अलोय ह्वील जोडिएको छ । एनएस १६० को फ्रन्टमा टेलिस्कोपिक र रियरमा निट्रोक्स मनोशक याब्र्जबर सस्पेन्सन लगाउँदा दुबै साइडमा प्रिमिटर चेसिस दिइएको छ । यस्तै, यामाहा भी थ्रीको फ्रन्ट र रियरमा डायमन्ड चेसिस तथा फ्रन्ट साइडमा टेलिस्कोपिक र रियरमा स्विंगआर्म सस्पेन्सनको विशेषता दिइएको छ ।
डायमेन्सन
डायमेन्सनको आधारमा तुलना गर्दा एनएस १६० को लम्बाई २०१७ एमएम, चौडाई ८०३ एमएम, उचाई १०६० एमएम रहेको छ भने, १३७० एमएमको ह्वीलवेश रहेको छ । १४५ किलोग्राम तौल भएको यो बाइकको ग्राउन्ड क्लियरेन्स १७६ एमएम रहेको छ ।
भी भ्रीको कुरा गर्दा, लम्बाई १९९० एमएम, चौडाई ७८० एमएम र उचाई १०८० एमएम रहेको छ । यसको ह्वीलवेश एनएस १६० को भन्दा ४० एमएम कम अर्थात १३३० एमएम रहेको छ । १६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको तौल १३७ किलोग्राम रहेको छ ।
मूल्य
एनएस १६० टीडीको मूल्य २ लाख ८६ हजार ९ सय रुपैयाँ रहेको छ भने, भी थ्रीको मूल्य ३ लाख १८ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
फिचर
यी दुबै मोटरसाइकलमा एलइडी हेड लाइट रहेको छ भने, यामाहा एफजेडएस भी थ्री सिंगल च्यानल एबिएसको फिचर रहेको छ । एनएस १६० टीडीमा भने छिट्टै नै नेपाली बजारमा एबीएस विशेषता थप गर्ने कम्पनीले बताएको छ ।
दुबै बाइकमा पास स्विच, डिजिटल स्पिडोमिटर, टेकोमिटर, ट्रिपमिटरको विशेषता दिइएको छ । डिजीटल फ्युल इन्डीकेटर, डिजीटल क्लक, सेटअप सिट, प्यासेन्जर सिट लगायतका विभिन्न विशेषता समेटिएका छन् ।


