यस्तो हुने छ नयाँ जेनेरेशन सुजुकी स्विफ्ट

काठमाडौं । सुजुकी मोटर्सले ३६ औं थाइल्यान्ड इन्टरनेशनल मोटर एक्स्पोमा ‘सुजुकी स्विफ्ट एक्स्ट्रीम कन्सेप्ट’ अनविल गरेको छ । उक्त अवधारणामा आधारित रहेर अब आउने जेनेरेशनको स्विफ्ट आउने अनुमान गरिएको छ । 

नयाँ कन्सेप्ट अनुसार यसको फ्रन्ट ग्रिललाई सानो आकारमा डिजाइन गरिएको छ भने, स्पोर्टी लुक्समा बम्पर दिइएको छ । कारमा रेड हाईलाइट स्पोइलर, बडी कलर प्यानल र सेन्टरमा ब्ल्याक ट्रिमिङ बोनेट लगाइएको छ । यस्तै,  मल्टी स्पोक अलोय ह्वीलले कारलाई निकै आकर्षक बनाएको छ । 

उक्त कन्सेप्ट ह्याचब्याकमा ब्ल्याक फिनीश रुफ माउन्टेड स्पोइलर, टेलल्याम्प र नयाँ बम्परबीच फक्स डिफुजर जोडिएको छ ।

सन् २००५ मा भारतमा उत्पादन सुरु भएसँगै स्विफ्ट नेपाली बजारमा आएको हो । नेपालमा सुजुकी स्विफ्ट दुई भेरियन्टमा बिक्री भइरहेको छ । सुजुकी स्विफ्टमा १.२ लिटर पेट्रोल इन्जिन दिइएको छ । 

अब आउने नयाँ अवधारणाको स्विफ्ट निर्माणबारे भने कम्पनीले केही थप जानकारी दिएको छैन । 


Back_to_top