रंगशाला सफाइमा पल्सर डेयर भेन्चरका राइडर्स

काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले आइतवारको नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरका १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् ।

पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी सो बनेको छ । यसको सफलतापुर्वक ३ वटा सिजन सकिसकेको छ र चौथोँ सिजन अहिले चलिरहेको छ । 

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र अधिकृत वितरकले सदैव आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको जनाएको छ र संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको हिस्साको रुपमा ग्राहकहरुको हितका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

उक्त सफाइपछि पल्सर डेयर भेन्चरका राइडरहरु मध्येका एक राइडरले भने, ‘हामी जथाभावी फोहोर फाल्नु हुन्न भन्ने कुरामा ज्ञात छौं तर पनि जथाभावी फोहोर फाल्छौं । यो पहलसँगै हामी उचित स्थानमा मात्र फोहोर फाल्नुपर्छ भन्ने जनचेतना फैलाउन चाहन्छौ र सम्पूर्णलाई यो पहल आफैबाट र आजैबाट शुरु गर्न अनुरोध गर्न चाहन्छौं ।’ 


Back_to_top