काठमाडौं । युरोपियन बजारमा यामाहाले बिक्री गर्दै आएको एमटी १२५ अब कम्पनीले भारतमा उत्पादन गर्ने तयारी गरिरहेको रिपोर्टहरु बाहिर आएका छन् । युरोपियन बजारको तुलनामा कम मूल्यमा बजारमा ल्याउनु पर्ने भएकाले कम्पनीले त्यसमा काम गरिरहेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार यामाहाको एमटी १२५ सन् २०२० को अन्त्यसम्ममा बजारमा आउने छ ।
भारतीय बजारमा कम्युटर सेग्मेन्टबाट आफुलाई बाहिर निकाल्दै प्रिमियम मोटरसाइकलमा केन्द्रित हुने घोषणा गरेको कम्पनीले ल्याउने एमटी १२५ प्रिमियम मोटरसाइकल हुनेछ ।
पछिल्लो समय मोटरसाइकल उत्पादनमा निकै आक्रमक बनेको कम्पनीले एमटी सिरिजको उत्पादनलाई तिब्रता दिएको छ ।
कम्पनीले यूरोपियन बजारमा बिक्री गर्दै आएको एमटी १२५ मा सिग्नेचर एलइडी पाइलट ल्याम्प, वाइ फङ्गसनल एलइडी हेड ल्याम्प दिइएको छ । नयाँ एमटी १२५ मा दिइएको सस्पेन्सन, च्याचिस, ब्रेक र अन्य थुप्रै पार्टस एमटी १५ बाट लिइएको छ ।
कम्पनीले नयाँ एमटी १२५ मा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन दिएको छ । जुन भीभीए टेक्नोलोजीमा आधारित रहेको छ । ६ स्पीड गियरबक्समा आउने यो मोटरसाइकलमा दिइएको इन्जिनले अधिकतम पावर १४.७ बीएच र पिक टर्क १२.४ एनएम जेनेरेट गर्छ ।
एमटी १२५ को अगाडि इन्भटेड र पछाडि मोनोसक दिइएको छ । मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएसले मोटरसाइकलाई निकै सुरक्षीत बनाएको छ ।
१७ इन्चको अलोय ह्वील, फुल डिजिटल एलसीडी क्लस्टर, नेभिगेसन डिस्प्ले र आरामदायी स्प्लीट सिटले यो मोटरसाइकललाई निकै आकर्षक बनाएको छ ।


