चार वर्षमा ३४ नयाँ कार ल्याउँदै फक्सवागेन

काठमाडौं । विश्व चर्चित कार उत्पादक कम्पनी फक्सवागेनले ३४ नयाँ कार ल्याउने घोषणा गरेको छ । उक्त संख्या मध्ये १२ वटा एसयूभी रहने जनाएको छ । त्यसमा हाइब्रिड र इलेक्ट्रीक कारको संख्या ८ हुनेछ । 

कम्पनीले यी गाडीको लागी कुल १९ विलियन यूरो खर्च गर्ने जनाएको छ । त्यसमध्ये सन् २०२४ सम्ममा ११ विलियन यूरो इलेक्ट्रीक कार उत्पादनमा खर्च गर्ने घोषणा गरेको छ । त्यसबाट कम्पनीले १० वर्षमा २ करोड ६० लाख इलेक्ट्रीक कार र ६० लाख हाइब्रिड कार बनाउने छ ।

फक्सवागेनले तयार गरेको मोडुलर इलेक्ट्रीक ड्राइभ मेट्रेक्स प्ल्याटफर्ममा यी इलेक्ट्रीक कारहरु निर्माण हुने छन् । कम्पनीले सन् २०१९ मा आफ्ना चर्चित मोडल गल्फ, फुल इलेक्ट्रीक आईडी ३, टी–क्रस, टी–रोक र टिगुवान सार्वजनिक गरेको थियो । 


Back_to_top