काठमाडौं । कोरियाली गाडी उत्पादक कम्पनी कियाले सन् २०१९ भित्र किया स्पोर्टेजको नयाँ हाइब्रिड भर्सन लञ्ज गर्ने भएको छ ।
कम्पनीले सार्वजनिक गर्न लागेको गाडीको इन्जिन २.० लिटर डिजेल मिडिल हाइब्रिड पावरटे«न रहेको छ । गाडीको अपडेटेड स्र्पोटेज डिजाइन रहेको छ ।
गाडीमा न्यु फ्रन्ट र रियर बम्पर, पुनः डिजाइन गरिएको ल्याम्प, आइसिबी डिल फग ल्याम्प राखिएको छ भने, ह्वीलको डिजाइन १६ देखि १९ इन्चसम्म बनाइएको छ । किया टिजी लाइन नाम दिइएको उक्त मोडल ब्ल्याक, रेडियटर ग्रिली, ग्लोस ब्ल्याक र सिल्भर कलरमा रहेको छ ।
गाडीमा नयाँ स्टेरिङ ह्विल, इन्स्टुमेन्ट कलस्टरको साथ सुरक्षामा विशेष चासो दिइएको छ । गाडीमा नयाँ प्रविधिको ड्राइभिङ एसिस्टेन्ट सिष्टम, स्मार्ट कन्ट्रोल, ड्राइभरलाई अग्रिम चेतावनी दिने गाडीका मुख्य विशेषता हुन् ।
कियाले युरोपियन मोडलको इनफोटेनमेन्ट सिष्टमसमेत जडान गरेको छ । गाडीमा ७ इन्चको डिस्प्ले राखिएको छ । गाडीमा ४८ भोल्टको व्याट्री, सिओटु इमिसन ४ प्रतिशत रहेको छ भने, नयाँ डव्लुएलटीपी साइकलसमेत राखिएको छ ।
गाडीको इन्जिनमा १.६ लिटरको यु सिआरडीआइलाई प्रतिस्थापन गर्दै १.७ लिटर युनिट र डवल पावर ११५ र १३६ पिएस राखिएको छ । गाडीमा ७ स्पिड डवल क्लच सिष्टमसमेत राखिएको छ । गाडीको बिक्री युरोपियन बजारमा २०१८ को अन्तिम तिर हुने छ भने अन्य देशहरुमा सन् २०१९ को सुरुवात देखिनै हुने कम्पनीले जनाएको छ ।

