काठमाडौं । आगामी दुई दशक विद्युतीय सवारीको बिक्री उल्लेख्य रुपमा बढ्ने देखिएको छ ।
सन् २०४० सम्ममा विश्वभर बिक्री हुने कुल कारको संख्यामा ५५ प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारीको हुने ब्लुम्वर्ग न्यू इनर्जी फाइनान्सले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
यो पनी पढ्नुस्ः विद्युतीय सवारीसाधन किन्नेलाई सरकारको कर उपहार !
ब्लुम्वर्गका अनुसार २०२५ सम्ममा विश्वभर वार्षिक १ करोड १० लाख विद्युतीय सवारी बिक्री हुने छन् । त्यस्तै २०४० सम्ममा पुग्दा यो संख्या बढेर वार्षिक ६ करोड विद्युतीय सवारी विक्ने अनुमान गरिएको छ । उक्त समयसम्मा सडकमा देखिने कारको हिस्सा ३३ प्रतिशत विद्युतीय कारले ओगट्ने छ ।
विद्युतीय सवारीको बिक्री बढ्नुको मुख्य कारण यस्ता सवारीको मूल्यमा आउने भारी गिरावटलाई मानिएको छ । २०२४ देखि २०२९ सम्म विश्व बजारमा विद्युतीय सवारीको मूल्यमा ठूलो उतारचढाव देखिने अनुमान ब्लुम्वर्गले गरेको छ । यो अवधिसम्ममा विद्युतीय सवारीले विना अनुदान इन्धनबाट चल्ने सवारीसँग प्रतिस्पर्धा गर्न सक्छने अवस्थामा पुग्ने छन् ।
विद्युतीय सवारीको विस्तार सोचेभन्दा पृथक तरिकाले भइरहेको छ । हाल विश्व बजारमा १ सय ५५ मोडलका विद्युतीय सवारी उपलब्ध रहेका छन् भने यो संख्या २०२२ सम्ममा २ सय ८९ पुग्ने छ । विद्युतीय सवारीको दुनियाँमा चीन अविश्वसनिय रुपमा उदाइ रहेको छ ।
२०२० सम्ममा विश्व विद्युतीय सवारी बजारमा चीनको हिस्सा ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यस्तै चीनले आफ्नो देशमा २०२५ सम्ममा प्यासेन्जर सवारीको बिक्री १९ प्रतिशतभन्दा बढी पुर्याउने लक्ष्य राखेको छ । २०२५ सम्ममा प्यासेन्जर सवारीमा विद्युतीयको हिस्सा युरोपमा १४ प्रतिशत र अमेरिकामा ११ प्रतिशतमात्र हुने प्रक्षेपण गरिएको छ ।
यस्तोमा नेपाल सरकारले आफ्नो सवारीसाधन आयत नीति नै ल्याएर बिद्युतीय सवारी आयातलाई बढवा दिन पनि सक्छ । तर, अटोमाबाइल क्षेत्रको राजस्वमा सबैभन्दा ठूलो हिस्सेदारी रहेकाले अहिल्यै सरकारले ठोस निर्णय लिन्छ भन्ने कुराको विस्वास गर्न सकिदैन ।

