निशानले ल्यायो ‘अल न्यू टेरा’ एसयुभी, यस्ता छन् फिचर

काठमाडौं । निशानले अल न्यू टेरा एसयुभी फिलिपिन्सबाट हिजो सोमबार सार्वजनिक गरेको छ । यो एसयुभी दक्षिण पूर्वी एसियाली बजारको लागि सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

यसअघि कम्पनीले यो कार फेब्रुवरीमा चिनियाँ बजारमा ल्याएको थियो । कम्पनीले ल्याएको यो एसयुभीको प्रतिस्पर्धा टोयोटा फर्चुनर, इसुजु एमयु–एक्स, फोर्ड इन्डोभरेजस्ता मोडलसँग हुने अपेक्षा गरिएको छ । 

चिनियाँ बजारमा सार्वजनिक गरिएको टेरा चाइनिजहरुको रोजाइमा नपरेपछि कम्पनीले यसलाई पुनः केही परिर्वतन गरि फिलिपिन्समा सार्वजनिक गरेको हो । 

२.५ लिटर ४ सिलिन्डर डिजेल इन्जिन दिइएको यस गाडीले १८८ बिएचपी पावर र ४५० एनएम टर्क उत्पादन गर्छ । यसमा रहेको वयल बर्नर लगायतका केही कुरा नाभारा पिकअपबाट लिइएको जनाइएको छ । 

छ स्पिड म्यानुयल र ७ स्पिड टर्कक्यू कन्भटर अटोमेटीक गिएरमा उपलब्ध यो एसयुभीको ग्राउन्ड क्लियरेन्स २२५ एमएम रहेको छ । यसमा दिइएको ठुलो स्पेस, उच्चगुणस्तरको लेदर सिट, ८ वे पावर एड्जस्टेवल ड्राइभिङ सिट, मल्टीफङसन स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, एप्पल कार प्ले, कनेक्टीभिटी लगायतका फिचरले कारलाई सुसज्जीत बनाएको छ । 

सुरक्षाको लागि ६ एयरब्याग दिइएको कारमा ल्यान्ड डिपार्चर वार्निङ, ब्लेन्ड स्पोर्ट वार्निङ, इन्टेलिजिन्स भ्यु मिररलगायतका फिचर रहेका छन् । यो कारको डेलिभरी अगस्टबाट हुने कम्पनीले जनाएको छ । 

यो कार नेपाली बजारमासमेत चाँडै आउने अपेक्षा गर्न सकिन्छ ।  


Back_to_top