काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आज ४ बजे संसदमा आर्थिक बर्ष २०७५/७६को बजेट पेश गर्ने भएका छन् । त्यसकालागि बजेट स्विकृतिकोलागि २ बजे मन्त्री परिषदको बैठक बोलाइएको छ ।
मन्त्रीपरिषदबाट बजेट स्विकृत भएपछि अर्थमन्त्रीले संसदमार्फत बजेट सार्वजनिक गर्नेछन्।
पहिला अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे मन्त्रीपरिषद बैठकमा ब्रिफिङ गर्नेछन्। त्यसपछि संसदबाट सार्वजनिक हुने चलन रहेको छ । संबिधानमानै जेठ १५ गते बजेट ल्याउने ब्यबस्था भएकाले पछिल्ला बजेट समयमा नै आइरहेको छ ।