काठमाडौं । कुनै पनि ब्राण्डले ल्याउने कार निकै सफल हुने अपेक्षाका साथ ल्याएको हुन्छ । तर, धेरै मोडल मध्ये केही मोडलले मात्रै त्यस्तो सफलता पाएको हुन्छ ।
नेपाली बजारमा पहिल्लो एक दशक सन् २०१० पछि सयौं मोडल सार्वजनिक भए तर, खस केही मोडलले मात्रै छाप छोड्न सफल भएका छन् । यसमा पनि एसयूभीको वर्चश्व देख्न सकिन्छ ।
१. हुन्डाई क्रेटा
क्रेटा सन् २०१६ फेब्रुअरीमा नेपाली बजारमा आएको हुन्डाई क्रेटा सर्वाधिक सफल एसयूभी हो । ५ हजार यूनिटभन्दा बढी बिक्री भइसकेको यो मोडलले नेपाली एसयूभी प्रेमीको मनमा आफ्नो स्थान बनाउन सफल भयो । भारतीय बजारमा २०१५ को तेस्रो क्वाटरमा सार्वजनिक भएको यो मोडलले निकै ठूलो सफलता प्राप्त गर्न सफल भएको छ ।
सन् २०१८ मा यसलाई केही कस्मेटिक परिमार्जनसहित कम्पनीले ल्याएसँगै यसको बिक्रीमा निकै ठूलो वृद्धि भएको थियो । अब २०२० फेब्रुअरीमा हुने अटो एक्स्पोमा अल न्यू क्रेटा ल्याउने तयारी कम्पनीले गरिरहेको छ ।
२. फोर्ड इकोस्पोर्ट

सन् २०१३ अक्टोबरमा नेपाली बजारमा आएको यो कम्प्याक्ट एसयूभीले ग्राहकलाई यसरी तान्न सफल भयो कि हरेक गाडी बिक्रेताले त्यस्तै गाडी ल्याउने सपना नै बुने । त्यही समयमा फियातले एभेन्चुरा, टोयोटाले इटियोस् क्रस जस्ता मोडल बजारमा ल्याएपनि यी कुनैपनि क्रसओभरले यसलाई छुन सकेन ।
करिब ५ हजार यूनिट बिक्री भएको फार्ड इकोस्पोर्ट नेपालमा सर्वाधिक सफल मध्येको एक मोडल हो । नेपालमा मात्र नभएर भारतमा पनि दशकै सर्वाधिक सफल मोडलमा इकोस्पोर्टले आफ्नो नाम लेखाउन सफल भएको छ ।
३. मारुती सुजुकी भिटारा ब्रेजा

मारुती सुजुकीले सन् २०१७ सेप्टेम्बर ३ हजार यूनिट हाराहारीमा बिक्री भएको अनुमान गरिएको छ । मारुती सुजुकीले भारतमा इकोस्पोर्टसँग प्रतिस्पधा गर्न ल्याएको आफ्नो नयाँ मोडल भिटारा ब्रेजा निकै सफल मोडलमा पर्न सफल भएको छ । डिजेल इन्जिनमा मात्र उपलब्धताको बाबजुद नेपाली बजारमा ब्रेजाले निकै राम्रो व्यापार गर्न सफल भएको हो ।
अहिले कम्पनी भिटारा ब्रेजालाई नयाँ पेट्रोल इन्जिनमा ल्याउने तयारी गरिरहेको छ । नयाँ ब्रेजामा केही कस्मेटिक परिमार्जनसहित पेट्रोल इन्जिन दिइने मारुती सुजुकीले जनाएको छ ।
४. टाटा नेक्सन

टाटा मोटर्सको गेमचेन्जर कम्प्याक्ट एसयूभीको रुपमा अगाडि आएको नेक्सन नेपाली बजारमा निकै सफल मोडल हो । सन् २०१८ को फेब्रुअरीमा नेपाली बजारमा आएको टाटाको यो एसयूभी करिब १५०० यूनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
नेक्सन सफल हुनुको सबैभन्दा मुख्य कारण यसमा रहेको सेफ्टी फिचरलाई मान्ने गरिन्छ । नेक्सन भारतीय उतपादकले उत्पादन गरेको पहिलो ५ स्टार रेटिङ प्राप्त मोडल हो । त्यसैले कम्पनीले भारतमा यसको सेफ्टी क्याम्पेन नै ‘कितनी सेफ हैं’ नाराबाट गरेको थियो ।
५. जीप कम्पास

जीपले भारतीय बजारमा उत्पादन गरेको कम्पास मोडल महंगो मूल्यका बाबजुद नेपाली बजारमा सफल मोडलको रुपमा लिइन्छ । विभिन्न १० भेरियन्टमा उपलब्ध रहेको जीप कम्पास सन् २०१८ को नाडा अटो शो (सेप्टेम्बर) बाट नेपाली बजारमा प्रबेश गरेको हो ।
करिब १५ महिनाको अवधिक करिब तीन सय यूनिट बिक्री भएको जीप कम्पास निकै सफल मोडलको रुपमा स्थापित भएको छ ।
६. रेनो डस्टर

रेनोले २०१३ मा भारतीय बजारमा उत्पादन सुरु गरेको डस्टर कम मूल्यको साथ फोर ह्वील ड्राइभ अप्सनका कारण निकै चर्चामा रहेको मोडल हो । नेपाली बजारमा सन् २०१७ मा रेनो ब्राण्डले प्रबेश गरेको थियो । रेनोको प्रबेशसँगै डस्टरले बजारमा आफ्नो उपस्थिति जनाएको हो ।
कम्पनीको सर्वाधिक सफल मोडल डस्टरको नयाँ फेसलिफ्ट मोडल भारतीय बजारमा सार्वजनिक भइसकेको छ भने नेपाली बजारमा जनवरीमा आउने कम्पनीले बताएको छ ।
७. निसान किक्स

निसान मोटर्सकाे पछिल्लाे उत्पादन किक्स २०१९ को फेब्रुअरीमा नेपाली बजारमा सार्वजनिक भएकाे हाे । बजारमा आएकाे १० महिनामै ४५० यूनीट बिक्री भएको कम्पनीले दावी गरेको छ । भारतीय बजारमा त्यती सफल हुन नसके पनि नेपाली बजारमा निसानका गाडीहरुको राम्रो उपस्थिति रहेको छ । निसान किक्सको नेपाली बजारमा प्रतिस्पर्धा हुन्डाईको क्रेटासँग भइहेको छ ।

