फुल चार्जमा ४०० किलोमिटर चलाउन मिल्ने सुपर बाइक

इटलियन कम्पनी इनर्जिका मोटरले ‘फिम मोटोई वर्ल्ड च्याम्पेनसिप’मा आफ्नो नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । यो जिरो प्रदुषण मोटरसाइकल हो । जसलाई एक पटकको फुलचार्जमा ४०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले यस उत्पादनलाई अहिले यूरोपियन र अमेरिकी बजारमा केन्द्रित भएर बिक्री वितरण गर्ने जनाएको छ भने सन् २०२० को अन्त्यसम्ममा एसियाली बजारमा प्रबेश गर्ने जनाइएको छ ।

इनर्जिकाले अहिले आफ्नो तिन मोडल इगो, इभा र इएसएसई ९ का ५ भेरियन्टमा बजारमा ल्याएको छ । निकै प्रिमियम डिजाइनको यो मोटरसाइकलले १४५ बीएच पावर र २०० एनएम टर्क प्रदान गर्ने छ । त्यसमध्यपनि इगो प्लस भेरियन्टले थप १५ एनएम टर्क प्रदान गर्ने जनाइएको छ ।

इभा स्ट्रीड फाईटर मोडल हो । यसले १४५ बीएच पावर र २०० एनएम टर्क प्रदान गर्छ । यसमा सिंगल क्यालिपर हेडल्याम्प दिइएको छ । यसको टप स्पीड क्षमता २४० किलोमिटर प्रतिघण्टा रहेको छ ।  

अर्को मोडाल हो इएसएसई ९ । यसले १०९ बीएच पावर र १८० एनएम टर्क प्रदान गर्छ । यसको टप स्पीड क्षमता २०० किलोमिटर प्रतिघण्टा रहने छ ।  

कम्पनीका सबै मोडलमा लिक्विड कुल्ड थ्री फेज परमानेन्ट म्याग्नेट एसी मोटर दिइएको छ । प्लस भेरियन्टमा १८.९ किलोवाट पर आवरको लिथियम आयन पोलिमर व्याट्री दिइएको छ । यसले सहरी क्षेत्रमा ४०० किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।

साधारण मोडलमा ११.७ किलोवाट पर आवर क्षमताको लिथियम आयन पोलिमर व्याट्री प्रदान गरिएको छ । यसले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।

सुरक्षालाई विशेष ध्यान दिएर तयार गरिएको यो मोटरसाइकलमा बिभिन्न राइडिङ मोड, बोस्च एबीएस सिस्टम, ट्याक्शन कन्ट्रोल, जिपीएस, व्ल्यूटुथ कनेक्टीभिटी, क्रुज कन्ट्रोल, स्पोर्ट व्याक र पार्क एसिस्ट जस्ता फिचर उपलब्ध रहने छन् ।


Back_to_top