काठमाडौं । टीभीएसले सेमी डर्ट बाइक म्याक्स १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले पोखरामा एक कार्यक्रमको आयोजनागरि उक्त मोटरसाइकलको बिक्री सुरु भएको घोषणा गरेको हो ।
कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले संयुक्त रुपमा म्याक्स १२५ को बिक्री शुभारम्भ गरेका हुन् ।
पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेल पश्चात् उक्त मोटरसाइकलको सार्वजनिकीकरण गरिएको थियो ।
टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले यसको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ तोकेको छ ।
टीभीएसले इन्डोनेशिया प्लान्टबाट उत्पादन गर्ने यस बाइकमा उपलब्ध एसओएचसी फोर स्ट्रोक १२४.५३ सीसी इन्जिनले ५५ सय आरपीएममा १०।८ एनएम टर्कका साथै ८ हजार आरपीएममा १०.९ हर्ष पावर प्रदान गर्छ ।
विशेषत अफरोडका लागि प्रयोग गर्न बनाइएको यस बाइकको अगाडि चक्कामा डिस्क ब्रेक लगाइएको छ भने, पछाडिको चक्कामा ड्रम ब्रेक दिइएको छ । हरियो र निलो दुई कलर अप्सनमा उपलब्ध हुने यो बाइकको फ्रन्टमा टेलिस्कोपिक र रियरमा स्विंगआर्म सस्पेन्सनको विशेषता दिइएको छ ।
बाइकको फ्रन्टमा १९ इन्च र रियर १६ इन्चको रेडिएल टायर लगाइएको कम्पनीले आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।
बाइकको लम्बाई २ हजार एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम रहेको छ । किक्क र इलेक्ट्रीक स्टार्टको अप्सन भएको यो बाइकमा चार स्पीड म्यानुअल गियरबक्स लगाइएको छ ।
बाइकमा इन्डिकेटर बल्ब लाइट, हेलोजन हेडल्याम्प, हेडजस्टेबल हेडलाइट, एलइडी टेलल्याम्प, साइड स्ट्यान्ड इन्डिकेटरको विशेषता उपलब्ध रहने छ । एनालग स्पिडोमिटर, टेकोमिटर र ट्रिपमिटरको विशेषता बाइकमा रहेको छ ।

