फेब्रुअरीमा सार्वजनिक हुँदै अप्रिलिया एसआर १५० मोटरसाइकल

अप्रिलियाको १५० सीसी सेग्मेन्टको मोटरसाइकल अटो एक्स्पो २०२० मा सार्वजनिक हुने भएको छ । अटो एक्स्पो आगामी फेब्रुअरी ७ देखि १२ सम्म आयोजना हुँदैछ । भारतमा स्कुटर निर्माण गर्दै आएको कम्पनी पियाजीयोले उक्त मोटरसाइकल निमार्ण गरेको हो ।

अहिले विभिन्न चरणको परिक्षाण चलिरहेको बाइक अटो शो २०२० मा सार्वजकि हुने भएको हो । यसअघि कम्पनीले अप्रिलियाको मोटरसाइकल २०१८ अटो एक्स्पोमा २ मोडल जीपीआर १५० र टुनो १५० को प्रोटोटाइप प्रर्दशनी गरेको थियो । निकै प्रिमियम फिचरको साथ आउने उक्त मोटरसाइकलले भारतीय बजारमा निकै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । कम्पनीले दुबै चक्कामा डिस्क ब्रेक र डवल च्यानल एबीएस सहित बजारमा उतार्ने तयारी गरेको यस बाइकले यामाहा आर १५ भी३ सँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

यसमा दिइएको १५० सीसी सिंगल सिलिन्डर, लिक्वड कुल्ड इन्जिनले उच्चतम पावर १० हजार आरपीएममा १८ पीएस र ७५०० आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ ।
यसको मूल्य १ लाख ४० हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।


Back_to_top