काठमाडौं । टोयोटाको लागि नेपालको आधिकारीक वितरक यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्नो चर्चित डबल क्याव पिकअप हाइलक्स २.४ लिटर इन्जिनमा सार्वजनिक गरेको छ ।
कम्पनीले यसअघि २.८ लिटर इन्जिनमा बिक्री गर्दै आएकोमा अब भने २.४ लिटर इन्जिनमा पनि ल्याएको हो । कम्पनलिे अब दुबै इन्जिनमा हाइलक्स उपलब्ध गराउने भएको छ ।
कम्पनीले ल्याएको नयाँ हाइलक्समा इन्जिन र फगल्याम्पको अलावा अन्य फिचरहरु उस्तै रहेका छन् । कच्ची सडक बाटोलाई ध्यानमा राखेर निर्माण गरिएको यसको बडी निकै बलियो रहेको छ । नयाँ २.४ लिटर इन्जिन युक्त हाइलक्सको मूल्य ८७ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । जुन २.८ लिटरको तुलनामा कम हो ।
५ सिट क्षमताको डबल क्याब पिकअप हाइलक्स नेपाली बजारमा सबैभन्दा सफल मोडलको रुपमा लिने गरिन्छ । आरामदायी क्याबीन र प्रसस्त सामान राख्ने स्थान र जस्तोसुकै सडकमा पनि सहज यात्रा गर्न सकिने भएकोले यसले नेपाली सडकमा छुट्टै पहिचान बनाउन सफल भएको हो ।
यसमा दिइएको २३९३ सीसी क्षमताको इन्जिनले ११० बीएच पावर र ४०० एनएम टर्क प्रदान गर्ने छ ।
१७ इन्चको स्टील ह्बील उपलब्ध रहेको यो पीकअपमा इन्डिपेन्डेन्ट डबल विसबोन सस्पेन्सन र डिस्क ब्रेक उपलब्ध रहेको छ ।
पीकअपको लम्बाई ५२८५ एमएम, चौडाई १८१५ एमएम र उचाई १८१५ एमए रहेको छ । सुरक्षाको लागि ३ एयरव्याग उपलब्ध रहेको छ ।
कम्पनीले आजैबाट यो मोडल आफ्ना सबै डिलर नेटवर्कबाट खरिद गर्न सकिने जनाएको छ ।

