१.० लिटर इन्जिनमा स्कोडाको ‘भिजन इन’ कन्सेप्ट

फक्सवागन ग्रुप अन्तर्गतको स्कोडा ब्राण्डले भारतमा आफ्नो ‘भिजन इन’को मार्केटिङ सुरु गरेको छ । २०२० अटो एक्स्पोमाको अवशर पारेर कम्पनीले आगामी फेब्रुअरी ५ तारिखमा यसलाई प्रदर्शनी गर्ने भएको हो । भारतीय स्पेक स्कोडा इन युरोपीयन स्कोडा कामिकको परिस्कृत स्वरुप हो ।

कम्पनीले सार्वजनिक गरेको तस्विरका अनुसार यसमा रिबको साथमा ठूलो रेडिएटर ग्रिल, होरिजेनटल बोनेट, स्प्लीड हेडलाइट, लोअर एयर ट्याङ्क, थ्री–पार्टस् स्कीड प्लेट, डाईनामिक फ्रन्ट बम्पर, स्ट्रङ बडी र उच्च ग्राउन्ड क्लियरेन्स उपलब्ध हुनेछ ।

इन्डियामा २.० अवधारणामा रहेर तयार गरिएको भिजन इनमा १.० लिटर टीएसआई र १.५ लिटर टिएसआई–इभो टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिनेछ । उक्त इन्जिनमा ६ स्पीड म्यानुयल र ७ स्पीड डीएसजी डियुल–क्लच अटोमेटिक गियरबक्स रहने छ । यो कार अल ह्वील ड्राइभ सिस्टममा आउने छ ।

स्कोडाले भिजन इन अवधारणाको उत्पादन मोडल भने संस्करण २०२१ को दोस्रो क्वाटरमा सुरु हुने बताइएको छ ।


Back_to_top