काठमाडौं । विश्वमा उत्पादन हुने मोटरसाइकल इन्जिन क्षमता, स्पीड, आकर्षक लुक्स जस्ता कारण चर्चामा रहने गरेका छन् । अहिले विश्वभर पावरफुल मोटरसाइकल उत्पादन गर्ने होड नै चलेको छ ।
सन् २०१९ सम्ममा बजारमा उपलब्ध मोटरसाइकलमा सर्वाधिक गतिमा गुड्न सक्ने मोटरसाइकलको बारेमा हामीले जानकारी दिने प्रयास गरेका छौं । उच्च गतिसँगै यस्ता मोटरसाइकल हेर्दा निकै आकर्षक समेत रहेका छन् ।
१०. बिएमडब्ल्यू के १२०० एस

विश्व प्रसिद्ध मोटर कम्पनी बिएमडब्ल्यूको ‘के १२०० एस’ सर्वाधिक गति भएको सूचीमा १० औं स्थानमा रहेको छ । यसको टप स्पीड क्षमता २८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले यसमा ११५७ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १६४ एचपी पावर र १२९ एनएम टर्क प्रदान गर्छ भने, सून्यदेखि ६० किलोमिटरको स्पीड ३.२ सेकेन्डमा भेट्याउन सक्छ ।
९. अप्रिलिया आरएसभी १००० आर

अप्रिलियाले सन् १९९८ देखि २००० सम्ममा उत्पादन गरेको ‘ आरएसभी १००० आर’ ९ औं स्थानमा रहेको छ । आरएसभी १००० आरको उच्चगति २८१.५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले यसमा दिएको ९९८ सीसी क्षमताको इन्जिनले अधिकतम १४१.३ बीएच पावर र १०७ एनएम टर्क प्रदान गर्छ ।
८. एमभी अगुस्ता एफ४ १००० आर

उच्च गतिमा गुड्न सक्ने सूचीको ८ औं स्थानमा एमभी अगुस्टाको ‘एफ४ १००० आर’ रहेको छ । यो मोटरसाइकलको उच्चगति क्षमता प्रतिघण्टा २९८ किलोमिटर रहेको छ ।
यो मोटरसाइकलले ० देखि ६० किलोमिटरको स्पीड २.७ सेकेन्डमा छुन सक्ने छ । यसमा दिइएको १००० सीसी क्षमताको इन्जिनले १७४ बीएच पावर र ११५ एनएम टर्क प्रदान गर्नेछ ।
७. कावासाकी निञ्जा जेडएक्स–१४ आर

सूचीको ७ औं स्थानमा कावासाकी निञ्जा ‘ जेडएक्स–१४ आर’ रहेको छ । १४४१ सीसी षमताको इन्जिन दिइएको यो मोटरसाइकलको उच्चगति क्षमता २९९.३ किलोमिटर प्रतिघण्टाको रहेको छ ।
यो मोटरसाइकलमा दिइएको इन्जिनले १४५ बीएच पावर प्रदान गर्नेछ ।
६. बिएमडब्ल्यू एस १००० आरआर

९९९ सीसी क्षमताको यो मोटरसाइकल गतिको हिसावले ६ सर्वाधिक छिटो कुद्न सक्ने मोडल हो । यसको उच्चगति क्षमता ३०५.७ किलोमिटर प्रतिघण्टा रहेको छ ।
बिएमडब्ल्यू एस १००० आरआरमा दिइएको इन्जिनले १९५.२ बीएच पावर प्रदान गर्नेछ ।
५. होन्डा सिबीआर ११०० एक्सएक्स

उच्चगतिको मामलामा होन्डा सिबीआर ११०० एक्सएक्स ५ औं स्थानमा पर्छ । यसको उच्चगति क्षमता ३०५.७ किलोमिटर प्रतिघण्टा रहेको छ । होन्डाले यसमा ११३७ सीसी क्षमताको फोर सिलिण्डर लिक्विड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले १५३ एचपी पावर प्रदान गर्नेछ ।
४. कावासाकी निञ्जा एच२आर

सानो इन्जिनका बाबजुद निञ्जा एच२आर गतिको मामलामा निकै अगाडि आउने मोडलमा पर्छ । यसको उच्चगति क्षमता ३५७.२ किलोमिटर प्रतिघन्टा रहेको छ । रफ्तारमा यो मोटरसाइकलले धेरै मोडललाई पछाडि पर्दै आएको छ ।
यसमा दिइएको ९९९ सीसी, लिक्विड कुल्ड फोर सिलिण्डर इन्जिनले १९७.३ बीएच पावर प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।
३. एमटीटी वाई२के

एमटीटी टर्वइन सुपरबाइक वाई२के सर्वाधिक तिब्रगति भएका मोटरसाइकलको सूचीमा तेस्रो स्थानमा परेको छ । यसको उच्चगति ३६५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यस मोटरसाइकलमा रोल्स रोयसले उत्पादन गरेको २५०–सी१८ टर्बोसफ्ट इन्जिन दिइएको छ । उक्त इन्जिनले ३२० एचपी पावर प्रदान गर्ने जनाइएको छ ।
२. सुजुकी हायबुसा

सुजुकीको चर्चित मोटरसाइकल हायबुसा रफ्तारको कारण चर्चामा आउने मोटरसाइकल हो । यसको उच्चगति ४०० किलोमिटर प्रतिघन्टा रहेको छ ।
कम्पनीले यसमा १३४० सीसी, १६ भल्भ फोर सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिले ६७५० आरपीएममा नै १९७ बीएच पावर प्रदान गर्ने क्षमता राख्छ ।
१. डज टोमाहक

डज टोमाहक सुपर बाइकमा ८२७७ सीसी क्षमताको पावरफुल इन्जिन दिइएको छ । यो मोटरसाइकल सबैभन्दा छिटो कुद्ने सूचीको पहिलो स्थानमा रहेको छ । यो मोटरसाइकलले प्रतिघन्टा ५६३ किलोमिटरको उच्चगति भेट्टाउन सफल भएको छ ।
यो सुपर बाइकले ० देखि ६० किलोमिटरको रफ्तार केवल १.७५ सेकेन्डमा पकड्न सक्ने छ । यसम रहेको इन्जिनले ५६०० आरपीएममा ५०० एचपी पावर प्रदान गर्नेछ ।


