भन्सार छुटेको टेस्लामा नयाँ ट्वीस्ट, ज्यागुअर र अउडी बजेट कुर्दै

काठमाडौं । नेपालमा आधिकारीक वितरक नियुक्त नभई टेस्लाको हङकङबाट ल्याइएका दुईवटा गाडी नेपाल भित्रीएको थियो । टेस्लाको गाडी छुटेसँगै भन्सारमा रोकिएका अन्य ल्यान्डरोभर, ज्यागवार र अउडीका गाडीपनि अब छुट्न लागेको समाचार बाहिर आएको थियो ।

श्रीमा डिस्टीव्यूटरले नेपाल ल्याएको टेष्लाका गाडी मंगलबार भन्सार जाँचपास भएको थियो । तर, अर्थमन्त्रालयले यसमा हस्तक्षेप गर्दै पुनः भन्सारमा फर्काउने प्रक्रिया सुरु गरेको जनाएको छ ।

टेस्लाले अहिलेसम्म विश्वको कुनै पनि देशमा आधिकारीक वितरक तोकेर गाडी निर्यात गरिरहेको छैन । कम्पनी आफ्ना सबै उत्पादन अनलाइनको माध्यमबाट बिक्री गर्दै आएको छ ।

‘टेस्लाको गाडी कसरी छुट्यो थाहाभएन । उसको त झन आधिकारीक वितरक संसारमा कहि छैन’, अटो व्यवसायी किशोरवादे श्रेष्ठले मेरोअटोसँग भने ।

किशोरवादे उनै व्यवसायी हुन् जसले ल्याएको ज्यागुअर र ल्याण्डरोभरका गाडी भन्सारमा अड्केर बसेका छन् ।

‘हामीलाई जेठ १५ गतेसम्म कुर्नुस् भनिएको छ । सायद बजेटमा नै केही व्यवस्था भए हाम्रा गाडी छुट्छन् होला’ श्रेष्ठले भने ।

भन्सार प्रशासनको लापरवाही र कमजोरीका कारण टेस्लाको गाडी छुटेको भन्दै अर्थमन्त्रालयले ति गाडी भन्सारमा नै फिर्ता बोलाउन भनेको हो ।


Back_to_top