नोयडा । महिन्द्राले भारतीय बजारमा इलेक्ट्रीक केयूभी १०० को बिक्री सुरु गरेको छ भने एक्सयूभी ३०० को इलेक्ट्रीक कन्सेप्ट शोकेस गरेको छ । कम्पनीले यसलाई रेगुलर मोडलभन्दा फरक र निकै आकर्षक रुपमा उतारेको हो ।
कम्पनीले आफ्नो चर्चित माइक्रो एसयूभी केयूभी १०० को मूल्य भने ८ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले बिक्री सुरु गरेको केयूभी १०० इलेक्ट्रीकले एकपटकको फुलचार्जमा १४० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ भने एक्सयूभी ३०० को विषयमा कुनै जानकारी दिइएको छैन ।

रेगुलर मोडलको एक्सयूभी ३०० को तुलनामा इलेक्ट्रीमा निकै ठूलो परिमार्जन पाउन सकिन्छ । कम्पनीले यसमा सबै प्रकारका लाईट एलइडी प्रयोग गरेको छ भने यूनिक हेडल्याम्प दिएको छ ।
उत्कृष्ट फिचरका साथ आउने इएक्सयूभी ३०० मा हाइमाउन्टेड स्टप ल्याम्प, इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्यू सराउन्ड एसी भेन्ट जस्ता फिचर यसमा उपलब्ध रहने छ ।
कम्पनीले एक्सयूभी ३०० लाई सन् २०२१ को मध्यसम्ममा बजारमा उतार्ने जनाएको छ ।


