हिरोले आफ्ना दुई चर्चित मोडल बन्द गर्दै, हटायो वेभ साइटबाट नाम

काठमाडौं । हिरो मोटो कर्पले आफ्नो १५० र २०० सीसी सेग्मेन्टमा उत्पादन गर्दै आएको एक्स्ट्रीम स्पोर्टस् र करिज्मा मोडलको उत्पादन बन्द गर्ने भएको छ । कम्पनीले विगत लामो समयदेखि यी दुई मोडलको बिक्री अत्यन्त न्यून भएसँगै यसलाई बन्द गर्ने भएको हो । बन्द गर्ने भएसँगै कम्पनीले यसको नाम नै आफ्नो वेभसाइटबाट हटाएको छ ।

नेपालमा हिरोको आधिकारीक वितरक एनजीएमले भने करिज्मा २०० आर मोडलको पनि बिक्री गर्दै आएको छ । कम्पनीले करिज्माको मूल्य २ लाख ६२ हजार रुपैयाँ तोकेको छ । कम्पनीले एक्स्ट्रीम १५० स्पोर्टस्को मूल्य भने २ लाख ३७ हजारदेखि २ लाख ५१ हजार रुपैयाँसम्म तोकेर बिक्री गर्दै आएको हो ।

दुई ब्रेकिङ अप्सनमा उपलब्ध यो मोटरसाइकलमा सिंगल डिस्क ब्रेक र डबल डिस्क ब्रेक अप्सन उपलब्ध रहेको छ ।

हिरो एक्ट्रीम स्पोर्टस् १५० स्पोर्टमा १४९.२ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ८५०० आरपीएममा अधिकतम १५.६ बीएच पावर र ७००० आरपीएममा १३.५ एनएम टर्क प्रदान गर्नेछ भने यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

साथै, करिज्मामा २०० सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले १९.२ बीएच पावर प्रदान गर्छ ।


Back_to_top