के हो एफआई टेक्नोलोजी ? यामाहाको एफआई स्टेशनमा सित्तैमा चेकअप

काठमाडौं । अहिले सर्वाधिक चर्चामा रहेको फ्युल इन्जेक्सन प्रणाली र फ्युल इन्जेक्टेड इन्जिन (एफआई)को बारेमा धेरै युवा अनभिज्ञ थिए । नेपालको लागि यामाहा टूह्वीलर्सको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले एफआई टेक्नोलोजिमा आधारित मोटरसाइकल सन् २००८ देखि नै बिक्री गर्दै आएको छ ।

यामाहाले पहिलो पटक आर–१५ मा फ्युल इन्जेक्सन प्रविधिको प्रयोग गरेको थियो । अहिले आएर कम्पनीले सबै किसिमका उत्पादनमा यसको प्रयोग गर्न थालेको छ । त्यसैले नेपालमा यामाहाले फ्युल इन्जेक्सन प्रणाली र फ्युल इन्जेक्टेड इन्जिन (एफआई) को बारेमा आम नागरिकलाई सुचना प्रदान गर्न र जानकारी दिलाउन लागि परेको छ ।

भारतमा उत्पादन हुने सवारीसाधनको प्रदुषण मापदण्ड बीएस ६ मा अपग्रेड सुरु भएसँगै सबै किसिमका ४ पांग्रे र दुई पांग्रे सवारी साधनमा यो प्रविधि जडान गरिएका छन् । यो प्रविधि कार्बुरेटरको अत्याधुनिक एवं स्वचालित संस्करण हो ।

यसले आफ्ना ८ वटा सेन्सरहरुको मद्दतले काम गर्छ । यी सेन्सरहरुमा क्र्यांक पोजिसन सेन्सर, कूलेन्ट टेम्प्रेचर सेन्सर, इन्टेक एयर प्रेसर सेन्सर, थ्रोटल पोजिसन सेन्सर, ओटूसेन्सर, इन्टेक एयर टेम्प्रेचर सेन्सर, लीन एंगल सेन्सर र स्पीड सेन्सर रहेका छन् ।

जुन मोटरसाइकलमा एफआई जडान गरिएको हुन्छ र यसले इलेक्टिक कन्ट्रोल युनिट (इसियु) का लागि डाटा प्राप्त गर्नेकाम गर्छ । इसियुले प्राप्त डाटाहरुको अनुगमन गरि सोही अनुरुप आवश्यक प्रक्रिया अघि बढाउँछ । अन्ततः मानव शरीरका मस्तिष्क र ज्ञानेन्द्रियहरुले झैं मोटरसाइकललाई अत्यावश्यक प्रतिक्रिया एफआईले उपलब्ध गराउँछ ।

एफआई प्रणालीमा हुने ८ सेन्सरले कसरी गर्छ काम

१. क्र्याँक पोजिसन सेन्सर– यसले इन्जिनलाई चाहिए जसरी इन्धन परिमाणमा नियन्त्रण राख्छ अर्थात् आवश्यक्ता अनुसार इन्जिनमा इन्धनको परिमाण फ्लो गराउँछ । यसले काब्रुरेटरको तुलनामा अधिक माइलेज प्रदान गर्नेछ ।

२. कुलेन्ट टेम्प्रेच र सेन्सर– इन्जिनलाई अधिक तातोहुन नदिन इन्धनको वितरण इन्जिनको तापक्रम अनुसार गर्छ ।

३. इन्टेक एयर प्रेसर सेन्सर– जुनैखाले मौसम तथा भौगोलिक अवस्थामा पनि डाइभिङ्ग कार्यसहज बनाउँछ ।

४. थ्रोटल पोजिसन सेन्सर– थ्रोटल र इन्जिनको आवश्यकता बमोजिम इन्धनको परिमाण नियन्त्रण गर्छ ।

५. ओटूसेन्सर– बलिरहने ग्यासको स्तर मार्फत् इन्धन खपत् कायम राख्छ ।

६. लीन एँगल सेन्सर– सवारी साधन असुरक्षित तरिकाले ढल्किएमा वा दुर्घटना भएमा इन्धन वितरण कार्य रोक्छ र मोटरसाइकलको स्टार्ट बन्द गराउछ ।

७. इन्टेक एयर टेम्प्रेचर सेन्सर– तापक्रम जे जस्तो भएपनि सजिलै स्टार्ट गराउँछ ।

८.स्पीड सेन्सर– बाइकको गति र पर्यावरणीय तापक्रम अनुसार इन्धन खपत गराउछ ।

यी सबै सेन्सरहरुले संयुक्त रुपमा इलेक्ट्रीक कन्टोल युनिटलाई एकमुष्ठ डाटा उपलब्ध गराउँछ । इसियुले डाटाको अनुगमन गर्छ र सेन्सरहरुलाई आवश्यक निर्देशन उपलब्ध गराउँछ । जसलेगर्दा अन्ततः सेन्सरहरुका साथसाथै इन्जेक्सनबाट पनि उत्कृष्ट प्रदर्शनी प्राप्त हुनेगर्छ ।

एफआई टेक्नोलोजिको फाइदा

१. कुनैपनि मौसममा विना झन्झट स्टार्ट गर्न सकिने र चाहेको गति पकड्ने ।

२. कार्बुरेटर संस्करणभन्दा १४ प्रतिशत धेरै माइलेज दिने ।

३. सजिलो र कम लागतको मर्मत सम्भार खर्च ।

विगत चार वर्षदेखि यामाहाले आफ्ना सर्भिस सेन्टरहरुमा एफआईस्टेशन संचालन गर्दै आएको छ । जसले एफआई इन्जिनको स्वास्थ्यबारे सम्पूर्ण जानकारी दिन्छ । यी स्टेसनको उद्देश्य ग्राहकहरुलाई गुणस्तरीय सेवा दिनु रहेको छ ।

यस बारेमा धेरैलाई थाहा नहुन सक्छ यी स्टेशनबाट एफआई टेक्नोलोजि प्रयोग भएको मोटरसाइकलको समस्या जापानमा रहेको यामाहा सर्भरद्वारा समाधान खोजिन्छ । एफआई स्टेशनले एफआईको सेन्सरहरु र एक्चुएटर्सहरुको निदान गर्दछ र सेन्सरहरुमा भएको त्रुटि वा गल्ती देखाउँछ ।

यसले विज्ञलाई समस्या पहिल्याउन मद्दत पुग्छ र छिटोछरितो समाधान गर्न मद्दत गर्छ । जसले वास्तवमै ग्राहकहरुको सवारीको अवस्था र समय तालिकामाथि पनि विचार गर्नेछ ।

यो प्रक्रिया सरल तथा प्रभावकारी छ । मोटरसाइकलको ब्याट्री टर्मिनलहरु र इसियु वायरिङ्गलाई निदान उपकरण प्लग गर्नुहोस् र बाँकी एफआई स्टेशनमा छाडिदिनुहोस् जसले ग्राहकहरुलाई एक छापिएको हेल्थ कार्डमार्फत् सम्पूर्ण जानकारी उपलब्ध गराउनेछ ।

कसरी प्रयोग गर्ने यामाहा एफआई स्टेशन

-बाइक च्यासिस नम्बर दर्ता गर्ने र यामाहा सर्भरमा दर्ता नम्बर राख्ने ।

– दर्ता गरेर सबै आवश्यक सूचनाहरु सुरक्षित (सेभ) गरेपछि गतिशील निरीक्षण प्रक्रिया शुरु हुनेछ ।

– गतिशील निरीक्षणको दौरान इन्जिन निष्क्रिय स्टार्ट गरिराख्नु पर्छ र यसले सबै सम्बन्धित सेन्सरको अवस्थाहरु र विस्तृत जानकारी देखाउनेछ ।

– सेन्सरको सम्पूर्ण अवस्था र मोटरसाइकलको प्रदर्शनी हेल्थ कार्डमार्फत् देखाइन्छ ।

एफआई क्लिनर

– मोटरसाइकलको इन्जिनलाई पोलिथर्माइन (पिइए) झोलको सहायताले सफा गरिन्छ ।

– यो प्रक्रिया पूरा हुन कम्तीमा ५ मिनेट समय लाग्नेछ र यो स्वचालित प्रक्रिया हो ।

इन्जेक्टरको समयमै अनुगमन गरेर इन्जेक्टरले मोटरसाइकल र चालक दुवैलाई उत्कृष्ट कार्य क्षमता प्रदान गर्दै अवगुणरहित एवं नयाँ जसरी नै काम गर्नेछ । यामाहाद्वारा सिद्ध गरिएको एक दशकभन्दा बढी भैसकेको यो प्रविधिले चालकहरुलाई उनीहरुले कल्पना गर्न सक्ने सर्वाधिक राम्रो प्रदर्शनी प्रदान गर्दै आइरहेकोछ ।

यामाहाले नेपालभर एफआई स्टेशन स्थापना गरेको छ । ग्राहकले हरेक पटक आफ्नो मोटरसाइकल सर्भिसिङ गर्दा कम्पनीले मोटरसाइकलको हेल्थ चेकअप निशुल्क गर्न सक्नेछन् । यसले मोटरसाइकलमा आउन सक्ने सम्भावित समस्यालाई रिपोर्ट माफर्त ग्राहकलाई सुचना दिनेछ । यसले ग्राहककलाई आइपर्ने आकस्मीक समस्या पर्नु अगावै सजग हुन मद्धत गर्छ ।

पहिलो पटक यामाहाको एफआई स्कुटर नेपालमा

एमएडब्ल्यू इन्टरप्राइजेजले नेपालमा पहिलो पटक एफआई इन्जिन युक्त स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले यामाहा फसिनो १२५ छिट्टै नै नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो । यसअघि नेपाली बजारमा बिक्री हुँदै आएको यामाहा फसिनो हाल नयाँ इन्जिन तथा नयाँ डिजाइनमा आएको हो ।

यस्तै यामाहाले नेपाली बजारमा एफआई इन्जिन भएका यामाहा आर१५ भी ३, एमटी १५, यामाहा एफजेड भी २, एफजेड भी३, एफजेड २५ जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ ।


Back_to_top