हुन्डाई मोटर्सको उत्पादन प्रिमियम ह्याचव्याक कार ‘आई २०’ को नयाँ जेनेरेशन मोडलको तस्विर बाहिर आएको छ । कम्पनीले यसलाई ‘जेनेभा मोटर शो २०२०’ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जेनेभा मोटर शो आगामी मार्च ३ देखि स्विजरल्याण्डको जेनेभामा आयोजना हुँदैछ ।
यो हुन्डाई आई २० को थर्ड जेनेरेशन मोडल हो । कम्पनीले यसलाई युवा वर्ग लक्षित गर्दै निकै ट्रेन्डी एक्स्टेरियर डिजाइनमा तयार गरेको छ । यसको अगाडिको भाग निकै आकर्षक बनाइएको छ भने यसलाई स्पोर्टी बनाउन हनी कर्व ग्रिल दिइएको छ ।
एङ्गुलर एलइडी हेडल्याम्प दिइएको छ भने गाडीमा देखिने सार्प क्यारेक्टर लाइनले कारलाई निकै स्पोर्टी लुक्स प्रदान गरेको छ । हुन्डाईको नयाँ सिग्नेचर डिजाइन प्ल्याटर्फममा नयाँ आई २० निकै उत्कृष्ट देखिएको छ ।

पछाडिको भागको कुरा गर्नु पर्दा नयाँ जेनेरेशन आई २० मा जेड सेप एलइडी लाइट सेटअप दिइएको छ । यसले कारलाई निकै स्टाइलिस देखाएको छ । गाडीको इन्टेरियरमा निकै प्रिमियम र डाइनामिक फिल गर्न सकिनेगरि तयार गरिएको दाबी अन्तर्राष्ट्रिय मिडियाले गरेका छन् । भर्टिकल इन्ट्रुमेन्ट क्लष्टर र १०.२५ इन्चको प्यानलले यसलाई निकै आकर्षक र फरक देखाएको छ ।
यसलाई विभिन्न बजार अनुसारको फरक फरक इन्जिनमा ल्याउने कम्पनीले जनाएको छ । यसमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल, १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा ल्याउने छ ।
यसको ‘एन’ भेरियन्ट भने १.६ लिटर र २.० लिटर पेट्रोल इन्जिनमा समेत उपलब्ध हुने जनाइएको छ ।


