काठमाडौं । यामाहाले आफ्नो चर्चित कम्यूटर सेग्मेन्टको मोटरसाइकल एसजेड आरआर भर्सनको उत्पादन बन्द गरेकाे छ । यामाहाले अहिले उत्पादन भएका केही यूनिटको बिक्री भएपछि थप एसजेड आरआर मोडलको उत्पादन गर्ने छैन ।
कम्पनीले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसार यसलाई परिमार्जन नगर्ने भएको हो । कम्पनीले यसमा १४९ सीसी क्षमताको एयर कुल्ड, ४ स्टोक, एसओएचसी, २ भल्भ कार्बुरेटर इन्जिन दिएको थियो । उक्त इन्जिनले ७५०० आरपीएममा १२.१ पीएस पावर र ६००० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसमा सेल्फ र किक दुबै स्टार्ट अप्सन दिएको छ ।

यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । एसजेड आरआर मोडलमा अगाडि हाइड्रोलिक डिस्क र पछाडि ड्रम ब्रेक दिइएको थियो । यसमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङ आर्म सस्पेन्सन दिइएको छ ।
विगत ७ वर्षदेखि नेपाली बजारमा बिक्री हुँदै आएको यो मोटरसाइकल निकै उत्कृष्ट मूल्यमा किन्न सकिने यामाहाको मोटरसाइकलमा पर्दै आएको थियो । मोरङ्ग अटोवर्कले बिक्री वितरण गर्दै आएको यसको बजार मूल्य २ लाख ३५ हजार ९०० रुपैयाँ रहेको छ ।

