काठमाडौं । हिरोको पहिलो एडभेञ्चर मोटरसाइकल एक्सपल्स २०० को नयाँ इन्जिनमा पावर घट्ने भएको छ । कम्पनीले बीएस ६ मापदण्ड अनुसारको इन्जिन प्रयोग गर्दा यसको पावर घट्ने भएको हो ।
बीएस ४ इन्जिन युक्त एक्सपल्समा २०० सीसी क्षमताको लिक्वीड कुल सिङ्गल सिलिन्डर, टु भल्भ इन्जिन दिएको थियो । उक्त इन्जिनले १८.१ बीएच पावर प्रदान गथ्र्यो तर, नयाँ इन्जिनले १७.५ बीएच पावर प्रदान गर्नेछ । यसअघि १७.१ एनएम टर्क प्रदान गथ्र्यो भने, नयाँ इन्जिनले १६.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ-स्पीड गियरबक्स जडान गरिएको छ ।
हिरो एक्सपल्स २०१९ मा ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ अवार्ड जित्न सफल भएको मोटरसाइकल हो ।
नेपालको लागि हिरोको आधिकारिक विक्रेता जनरल मार्केटिङ (एनजीम)ले यसलाई बजारमा बिक्री वितरण गर्दै आएको छ । मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ ।
राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ । साथै, कम्पनी अब नयाँ मापदण्ड अनुसार बाइकमा फ्युल इन्जेक्टेड (एफआई) इन्जिनमा मात्र उपलब्ध हुने छ । यसअघि एफआई र काब्र्रुरेटर दुबै इन्जिनमा उपलब्ध रहेको थियो ।
यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।
बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ ।
दुबै मोडलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
एनजीएम नेपालले यसलाई बजारमा ३ लाख ८५ हजार मूल्य निर्धारण गरेर बिक्री वितरण गर्दै आएको छ ।

