यामाहा एमटी १५ र आर १५ भी ३ मा कति फरक, यस्तो छ मूल्य

काठमाडौं । यामाहाको आधिकारिक वितरक मोरङ अटो वर्कसले नेपालमा बिक्री गर्दै आएको चर्चित दुई मोटरसाइकल आर १५ भी ३ र एमटी १५ प्रिमियम मोटरसाइकलको रुपमा नेपाली बजारमा बिक्री हुँदै आएको छ ।

कम्पनीले आर १५ को बिक्री विगत धेरै वर्षदेखि गर्दै आएको हो भने एमटी १५ गत नाडा अटो शो २०१९ बाट नेपालमा बिक्री सुरु भएको हो ।
अल न्यू मोडलको रुपमा आएको एमटी १५ मा अधिकांश फिचरहरु आर १५ भी ३ बाट लिइएको छ ।

कम्पनीले एमटी १५ को मूल्य ५ लाख २९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ भने आर १५ भी ३ नन् एबीएस ४ लाख ३१ हजार ९०० र एबीएस सहितको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।

यामाहा एमटी १५ मा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ भने आर १५ भी ३ मा एबीएस र नन् एबीएस दुई भेरियन्ट उपलब्ध रहेको छ ।


Back_to_top