काठमाडौं । १५० सीसी क्षमताका मोटरसाइकल नेपालमा सर्वाधिक चल्तिको सेग्मेन्ट हो । यो सेग्मेन्टमा बजाज, यामाहा, होन्डा, टीभीएस, सुजुकी र सिएफ मोटो बीच निकै प्रतिस्पर्धा रहेको छ ।
यो सेग्मेन्टमा अन्य ब्राण्डको तुलनमा सिएफ मोटोको बिक्री कम रहेको भएपनि सर्वाधिक आकर्षक मोटरसाइकल पनि सिएफ मोटो कै रहेको छ । सीएफ मोटोको १५० एनके नेकेड स्ट्रीट फाइटर बाइक यो सेग्मेन्टमा बिक्री भइरहेको मोडल हो ।
केटीएम इन्टरनेशनल ट्रेनिङ्गले सीएफ मोटोको १५० एनके, २५० एनके, ४०० एनके, ६५० एनके, ४०० जीटी, ६५० एमटीजस्ता मोटरसाइकल बिक्री गर्दै आइरहेको छ ।
एनके परिवारको सबैभन्दा सानो मोटरसाइकल १५० एनकेमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कूल्ड इएफआई इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएम १४ बीएच पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको ट्रान्समिसन रहेको यो मोटरसाइकलमा १० लिटरको क्षमताको फ्यूल ट्याङ्क रहेको छ ।
यो मोटरसाइकलको लम्वाई २०२५ एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम र यसको ह्वीलवेस १३६० एमएमको रहेको छ । यसको बनावटको आधारमा यो मोटरसाइकल हाइवे तथा सहरी क्षेत्र दुवैका लागि उत्कृष्ट रहेको छ ।
यस मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्वीन पिस्टन क्यालीपर र रियरमा २२० एमएमको सिगंल पिस्टन क्यालीपर ब्रेक दिइएको छ । १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिगंल मोनेशक रहेको छ ।
आर्कषक सार्प लुक्स भएको यो बाइकमा एग्रेशिफ हेडल्याम्प, दुई पिस सिट, लो पोजिनश राइडर सिट, स्पोर्टस तथा इकोनोमी राइडीङ अप्सन, एलइडी टेलल्याम्प, ४० किलोमिटर माइलेज जस्ता बिशेषत रहेको छ । यो बाइकको मूल्य नेपाली बजारमा ३ लाख २१ हजार ५०० रुपैयाँ रहेको छ ।


