काठमाडौं । टाटाको पहिलो इलेक्ट्रीक एसयूभी नेक्सनले भारतीय बजारमा नवप्रबेशी एमजी र पुरानो खेलाडी हुन्डाई कोनालाई मार्चकाे बिक्रीमा उछिनेको छ । मार्चको मध्यबाट भारतमा बिक्री सुरु भएको नेक्सनले यी दुबै मोडललाई उछिनेको हो ।
लकडाउन सुरु हुनुअघिसम्मको १० दिनमा नेक्सन इभी १९८ यूनिट बिक्री हुँदा एमजी जेडएस इभी ११६ र हुन्डाई कोना १४ यूनिट मात्र बिक्री भएको छ । कोना यी तीन मध्य सबैभन्दा महंगो रहेको छ भने नेक्सन सबैभन्दा सस्तो रहेको छ ।

कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको नेक्सन उच्च ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रीक एसयूभी हो ।


