जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतमा नयाँ मोटरसाइकलको पेटेन्ट दर्ता गरेको छ । कम्पनीले नेकेड डिजाइनमा सीबीएफ १९० आरको पेटेन्ट दर्ता गरेको हो ।
१५० सीसीबाट अपग्रेड गर्ने ग्राहललाई लक्षित गरेर यो मोटरसाइकल ल्याउन लागेको कम्पनीले जनाएको छ । यससँगै होन्डाको भारतीय बजारमा २०० सीसी सेग्मेन्टमा सीबीएफ पहिलो स्ट्रीट फाइटर मोडल हुने छ ।
यो मोटरसाइकलमा १८४ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड, एफआई इन्जिन रहने छ । यो इन्जिनले १६ पीएस पावर तथा १५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहने छ ।
पेटेन्ट इमेजमा देखिए अनुसार यसको डिजाइन अग्रेशिभ रहेको छ । यसमा सार्प हेडल्याम्प तथा मस्कुलर फ्युल ट्याङक रहेको छ ।
होन्डाको भारतीय बजारमा १६० सीसी माथि र ३०० सीसीसम्मकाे मोटरसाइकलमा ग्याप रहेको छ । यो इन्ट्री लेवल स्ट्रीट फाइटर मोटरसाइकलले यो ग्याप पुरा गर्नेछ ।
यो मोटरसाइकलले टीभीएस अपाचे आरटीआर १८०, आरटीआर २०० एनएस २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।


