काठमाडौं । नेपालले थप हवाइरुट खोल्न गरेको आग्रहमा भारतमा भारत सरकार सहमत भएको छ । नागरिक उड्डयन प्राधिकरण र भारतीय उड्डयन प्राधिकरणबीच भएको छलफलले नयाँ हवाई रुट तय गरेको छ।
बैंठकमा भारतीय एयर नेभिगेसन प्रमुख एके दत्त लगायतको सहभागिता रहेको बैठकमा नेपालका तर्फबाट नागरिक उड्डयन प्राधिकरणका एयर नेभिगेसन क्षेत्रका उपमहानिर्देशक नरेन्द्र बहादुर थापा लगायतका पदाधिकारीको सहभागिता थियो।
अब नेपालले जनकपुर र विराटनगरबाट थप हवाई रुट परमिट पाउने भएको हो । उडान सुरक्षा मुल्याङ्कन गरी त्यसलाई लागु गरिने छ । साथै कम उचाइमा उड्ने जहाजहरु नेपालगंज भएर दुईतर्फ उडान गर्ने सहमति भएको छ ।
भारत हुँदै नेपाल प्रवेशका लागि हालसम्म बाराको सिमरामात्र रुट रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणमा समेत यो विषय उठेको थियो।


