राष्ट्रिय ध्वजाबाहक जहाजमा किन चीन जान चाहँदैनन् ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आषाढ ५ गते चीनको भ्रमणमा जाने तालिका सार्वजनिक भएको छ । यसअघि प्रधानमन्त्री हुँदा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सलाई पाखा लगाउँदै आफु निकटका व्यबसायी आङछिरीङ शेर्पाको लगानी रहेको हिमालयन एयरलाईन्स प्रयोग गरेका उनले यसपटक पनि उक्त एयरलाईन्सको प्रयोग गर्ने भएका छन् । 

सुरक्षाको कारण नेपाल एयरलाईन्सलाई पाखा लगाएर हिमालयन एयरलाईन्स प्रयोग भएको हो भने नेपाल एयरलाईन्सलाई सुरक्षित बनाउन किन प्रयास भएन ।

संसारका सबै राष्ट्र प्रमुखले आफ्नो विदेश भ्रमणमा राष्ट्रिय ध्वजावाहक जहाज प्रयोग गर्ने गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि केही समय अघि एयर इन्डियाको एटिआर जहाज लिएरै जनकपुर आएका थिए । अझ अमेरिकी राष्ट्रपति ट्रम्पसँग आफ्नै निजी जहाज रहेको छ, तर उनि सधै सरकारी जहाजमा नै यात्रा गर्ने गर्छन् । उनि चड्ने जहाजको त कलसार्इन नै एयर फोर्स वान दिर्इएको छ ।

नेपाल एयरलायन्स र हिमालयन दुबैसँग समान ३/३ वटा अन्तराष्टिय उडान गर्ने जहाज रहेको छ । दुईवटै एयरलायन्सको नियमित उडान चीनमा छैन । दुबै कम्पनीसँग जहाजपनि एयरबस कम्पनीले निर्माण गरेको आधुनीक ए ३२० विमान रहेको छ ।  

सुरक्षाको कारण नेपाल एयरलाईन्सलाई पाखा लगाएर हिमालयन एयरलाईन्स प्रयोग भएको हो भने नेपाल एयरलाईन्सलाई सुरक्षित बनाउन किन प्रयास भएन । नत्र ३ वर्षअघि खुलेको हिमालयन एयरलायन्स भन्दा ५० बर्षको इतिहास भएको नेपाल एयरलायन्सका पाईलट र क्रूमेम्बरसँग बढिनै उडान अनुभव थियो होला ।

समुन्द्रमा राष्ट्रिय ध्वजाबाहक, आकाशमा किन वेवास्था ?

बारम्बार समुन्द्रमा आफ्नै राष्ट्रिय ध्वजाबाहक पानीजहाज भनेर नथाक्ने प्रधानमन्त्रीले यसरी राष्ट्रिय ध्वजाबाहक हवाईजहाजको बेवास्था गरेर निजी कम्पनीको ब्रान्ड एम्बेस्डर बनेर औपचारीक भ्रमणमा जानु आफैमा हास्यास्पद बिषय बनेको छ । 

राष्ट्रिय ध्वजाबाहक कम्पनीलाई पाखा लगाएर सिमित ब्यक्तिको ब्यवसायको प्रमोशनमा प्रधानमन्त्री प्रयोग हुनु अत्यन्त दुःखद बिषय हो । 

यस अघिकाे भमणामा निजी कम्पनीकाे जहाज प्रयाेग भएकाे बिषय जनस्तरमा व्यापक विरोध भएपछि कम्पनीले सम्पूण खर्च र लागत मिनाहा गरेको जानकारी दिएको थियो । यसपटकको भ्रमणमा कम्पनीले जहाज निशुल्क दिएको हो वा पैसा लाग्ने हो केही जानकारी दिएको छैन । 

प्रधानमन्त्रीको भ्रमणमा कति रकम हवाईभाडामा खर्च हुन्छ भन्ने बिषयले महत्व राख्दैन । उनले प्रयोग गर्ने ब्रान्ड सबैभन्दा महत्व पूर्ण हो । राष्ट्रिय ध्वजाबाहक कम्पनीलाई पाखा लगाएर सिमित ब्यक्तिको ब्यवसायको प्रमोशनमा प्रधानमन्त्री प्रयोग हुनु अत्यन्त दुःखद बिषय हो । 

चैत्रको पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले सम्भब भएसम्म सबै सरकारी भ्रमणमा नेपाल वायुसेवा निगमको जहाजको प्रयोग गर्ने प्रतिबद्धता गरेका थिए । त्यसको कार्यान्वयन प्रधानमन्त्रीले राम्रैसँग गर्ने भए ।  


Back_to_top