२५० सीसीका ५ एडभेञ्चर बाइक आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजार एडभेञ्चर टुरर मोटरसाइकलक प्रेमिको संख्या बढिरहेको छ । भारतीय बजारमा भने यो सेग्मेन्टका मोटरसाइकलको बिक्री न्यून रहेको पाइन्छ । तर, कम्पनीहरुले एकपछि अर्को नयाँ मोटरसाइकल उत्पादनमा लागि रहेका छन् ।

नेपालको तुलनमा भारतीय बजारमा मोटरसाइकल निकै सस्तो भएतापनि एडभेञ्चर मोटरसाइकल मंहगो मानिन्छ । अन्य मोटरसाइकलको तुलनामा एडभेञ्चर मोटरसाइकल भारतीय बजारमा नै महंगो रहेको छ ।

यस्तोमा विभिन्न कम्पनीले ग्राहकलाई आकर्षित गर्न नयाँ एडभेञ्चर मोटरसाइकल सार्वजनिक गर्ने गरिरहेका छन् । विभिन्न कम्पनीले ५ नयाँ मोडलका एडभेञ्चर मोटरसाइकल ल्याउने तयारी गरिरहेका छन् । जुन निकट भविष्यमा नेपाली बजारमा पनि आउने छन् ।

१. केटीएम २५० एडभेञ्चर

केटीएम २५० एडभेञ्चर मोटरसाइकल ड्यूक २५० को इन्जिनमा आधारित रहेर निर्माण भइरहेको छ । यसमा २४८.८ सीसी सिंगल सिलिण्डर, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ९ हजार आरपीएममा ३० बीएच पावर तथा ७ हजार ५ सय आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स रहेको छ ।

यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च अफरोड ह्वील दिइने छ । ड्यूक २५० एडभेञ्चरमा स्लीपर कल्च, एलइडी हेडल्याम्प, डबल च्यानल एबीएस जस्ता फिचर रहने छन् ।

यसको मूल्य २ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ । यो मोटरसाइकल भारतीय बजारमा सार्वजनिक भए पश्चात् नेपाल भित्रने छ ।

२. यमाहा २५० एडभेञ्चर

यामाहाले एफजेड २५ मा आधारित एडभेञ्चर मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

एफजेड २५ मा आधारित यो एडभेन्चर मोटरसाइकलमा २४९ एयर कूल्ड सिगंल सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन रहने भएको छ । कम्पनीले यो इन्जिन एफजेड २५ मोटरसाइकलबाट नै लिने भएको हो ।

उक्त इन्जिनले ८००० आरपीएममा २०.६ हर्सपावर तथा २० एनएम टर्क ६००० आरपीएममा जेनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसको अन्य फिचरमा फुल एलइडी हेडल्याम्प, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, रियल टाइम फ्युल इकोनोमी, एभरेज फ्यूल इकोनोमी तथा घडी जस्ता अन्य थुप्रै फिचर रहेको छ ।

३. हिरो एक्सपल्स ३००

भारतीय बजारमा एक्सपल्स २०० को सफलता पश्चात अब ३०० सीसी एडभेञ्चर मोटरसाइकल ल्याउने भएको हो । हिरो एक्सपल्स २०० नेपाली बजारमा समेत सफल मोटरसाइकल रहेको छ ।

केही महिना अगाडि भारतको जयपुर स्थित हिरो इनोभेसन एण्ड टेक्नोलोजि सेन्टरमा भएको हिरो वर्डमा एक्सपल्स ३०० को प्रोटोटाइप समेत प्रर्दशन गरेको थियो ।

उक्त एडभेञ्चर मोटरसाइकलमा ३०० सीसी सिगंल सिलिन्ड, लिक्वीड कुल्ड इन्जिन रहने अनुमान गरिएको छ । यो इन्जिनले ३० बीएच पावर तथा ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ । यो मोटरसाइकलमा फुल एलइडी हेडल्याम्प, टीएफटी डिस्प्ले, स्मार्टफोन कनेक्टिीभिटी जस्ता फिचर रहेको छ ।

४. रोयल इन्फिल्ड हिमालयन २५०

रोयल इन्फिल्डले नयाँ एडभेञ्चर मोटरसाइकल निर्माण गर्ने भएको छ । कम्पनीले सन् २०२१ मा २५० सीसी क्षमताको नयाँ एडभेञ्चर मोटरसाइकल ल्याउने भएको हो ।

कम्पनीले नयाँ २५० सीसीको एडभेञ्चर मोटरसाइकल हिमालयन सिरिज अन्तर्गत नै ल्याउने अनुमान गरिएको छ ।

बजारमा एडभेञ्चर मोटरसाइकलमा ठूलो ग्याप रहेको भन्दै कम्पनीले २०० र ३५० सीसी बीचको ग्यापमा सन्तुलन ल्याउन लागेको हो । रोयल इन्फिल्ड हिमालयन २५० ले उक्त ग्याव पुरा गर्ने विस्वास कम्पनीले लिएको छ ।

कम्पनीले यो मोटरसाइकलको बारेमा आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन । हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार हिमालयन २५० हिमालयन ३५० भन्दा केही सानो साइजमा निर्माण हुने छ । यो मोटरसाइकलले हिरो एक्सपल्स ३०० तथा केटीएम २५० एड्भेन्चर जस्ता मोटरसाइकलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

५.सुजुकी भी स्ट्रोम २५०

सुजुकीले भी स्ट्रोम २५० एडभेञ्चर टुरर मोटरसाइकल ग्लोवल मार्केटमा सार्वजनिक गरिसकेको छ । भी स्ट्रोम ६५० बाट प्रेरित रहेको छ । भारतीय बजारमा यो मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । यसमा गोलो एलइडी हेडल्याम्प दिइने अनुमान गरिएको छ । यसमा जिक्सर २५० को इन्स्ट्रुमेन्ट कन्सोल प्रयोग गरिरहेको छ ।

सुजुकीले यो मोटरसाइकल भारतमा नै निर्माण गर्ने भएको छ । यसमा जिक्सर २५० मा रहेको इन्जिन प्रयोग गरिने छ । यसमा रहने २४९ सीसी सिगंल सिलिण्डर, एफआई, आयलकुल्ड इन्जिनले २६.१ हर्सपावर तथा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।


Back_to_top