नेपालमा बिक्री हुन्छ जिक्सर सिरिजका ९ भेरियन्ट, यस्तो छ इन्जिन र मूल्य

काठमाडाै‍ । जापानीज मोटरसाइकल निर्माता कम्पनी सुजुकीको लागि नेपालको आधिकारिक वितरक भीजी सुजुकी रहेको छ । नेपाली बजारमा सुजुकी जिक्सर सिरिज निकै लोकप्रिय रहेको छ । जिक्सर सिरिजका विभिन्न ९ भेरियन्ट बजारमा उपलब्ध रहेको छ । यसका अलावा सुजुकी इन्ट्रुडर, हायाते, बर्गम्यान, एसेस तथा लेट्स जस्ता मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ ।

सुजुकीले नेपाली बजारमा गत नाडा अटो शो २०१९मा सार्वजनिक गरेको जिक्सर २५० नेकेड भर्सनले यो सेग्मेन्टमा राम्रो व्यापार गरिरहेको छ । कम्पनीले सँगै सार्वजनिक गरेको जिक्सर एसएफ २५० भने खासै बिक्री हुन सकेको छैन । साथै, न्यू सुजुकी जिक्सर १५० ले समेत राम्रो व्यापार गरिरहेको कम्पनीको दाबी छ ।

यी हुन् सुजुकीले नेपाली बजारमा बिक्री गरिरहेको जिक्सर सिरिजका मोटरसाइकलहरु ।

१. जिक्सर एसएफ २५०

सुजुकी एसएफ २५० मा २४९ सीसी सिगंल सिलिन्डर, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ९००० हजार आरपीएममा २६ बीएच पावर तथा ७५०० आरपीएममा २३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यो मोटरसाइकलले ३८ किलोमिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । यसको मूल्य ४ लाख ९६ हजार ९ सय रहेको छ ।

२. सुजुकी जिक्सर एसएफ २५० मोटोजीपी

सुजुकी एसएफ २५० मोटोजीपीमा एडिशनमा २४९ सीसी सिगंल सिलिन्डर, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ९००० हजार आरपीएममा २६ बीएच पावर तथा ७५०० आरपीएममा २३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यो मोटरसाइकलले ३८ किलोमिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । यसको मूल्य ४ लाख ९९ हजार ९ सय रहेको छ ।

३. सुजुकी जिक्सर २५०

सुजुकी जीक्सर २५० नेकेड भर्सनमा उपलब्ध मोटरसाइकल हो । यसमा कम्पनीले २५० एसएफ र मोटोजीपी भर्सनको जस्तै समान इन्जिन रहेको छ । भने माइलेज पनि समान रहेको छ । यसको मूल्य भने ४ लाख ६३ हजार ९ सय रुपैयाँ निर्धारण गरेर बिक्री भइरहेको छ ।

४. न्यू जिक्सर  १५०

सुजुकी जिक्सर १५०मा १५४ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १३.९ बीएचपावर तथा ६००० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसको मूल्य ३ लाख २१ हजार ९ सय रुपैयाँ रहेको छ ।

५.जिक्सर एसएफ १५०

सुजुकी जिक्सर एसएफ १५०मा १५४.९ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १३.४ बीएचपावर तथा ६००० आरपीएममा १३.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसको मूल्य ३ लाख ७३ हजार ९ सय रुपैयाँ रहेको छ ।

६. जिक्सर एसएफ १५० मोटो जीपी

यसमा पनि कम्पनीले जिक्सर १५० एसएफको नै इन्जिन उपलब्ध रहेको छ । यसको मूल्य ३ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको छ ।

७. सुजुकी जिक्सर १५०

सुजुकी जिक्सर नेकेड १५०मा १५४ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १३.९ बीएचपावर तथा ६००० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ रहेको छ ।

८. जिक्सर एसएफ १५०

सुजुकी जिक्सर एसएफ १५०मा १५४ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १३.९ बीएचपावर तथा ६००० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसको मूल्य २ लाख ८३ हजार ९ सय रुपैयाँ रहेको छ ।

९. सुजुकी जिक्सर १५० एबीएस

सुजुकी जिक्सर १५० एबीएस भर्सनमा १५४ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १३.९ बीएचपावर तथा ६००० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।


Back_to_top