काठमाडौं । जेठ १५ गते सार्वजनिक भएको आर्थिक वर्ष २०७७/७८को बजेटपछि इलेक्ट्रीक कारमा व्यापक कर वृद्धि भएको छ । योसँगै दिगो ग्रुपले बिक्री गर्दै आएको चिनीयाँ कार इ८ले व्याङ्ग्य गर्दै आफ्नो कारको मूल्य सार्वजनिक गरेको छ ।
नेपालमा अहिले बिक्री हुँदै आएको सबैभन्दा कम मूल्यको इलेक्ट्रीक कार इ८ को मूल्य १२ लाख रुपैयाँले बढ्ने सूचना दिदै ‘सरकारको डिस्काउन्ट’ भन्दै उसले आफ्नो आधिकारीक पेजमा एउटा क्रियटीभ सार्वजनिक गरेको छ ।
बजेटअघिको मूल्य १८ लाख ९० हजार र सरकार डिस्काउन्टपछि ३० लाख ९० हजार रुपैयाँ पुगको व्याङग्य कम्पनीले गरेको हो ।
नयाँ व्यवस्था अनुसार इ८को मूल्य ३० लाख ९० हजार रुपैयाँ हुनेछ । इ८मा १४.८ किलोवाट आवरको ब्याट्री रहेको छ भने ५० किलाेवाट भन्दा कम क्षमताकाे माेटर जडान भएकाे छ । अब आउने नयाँ गाडीमा नयाँ व्यवस्था अनुसार ४० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण कर लाग्ने छ ।


