होन्डाको नयाँ स्कीमः १ रुपैयाँ डाउन पेमेन्ट र १ रुपैयाँ मासिक किस्तामा मोटरसाइकल

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ प्रालिले होन्डाका मोटरसाइकल तथा स्कुटरमा नयाँ र अनौठो स्कीम ल्याएको छ । कम्पनीले लकडाउनपछि केही समयको लागि १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ मासिक किस्ता र १ प्रतिशत व्याजमा कर्जा सेवा दिने भएको हो ।

होन्डा नेपालको आधिकारीक पेजबाट उक्त विषयको जानकारी दिदै लकडाउन पछिको सामाजिक दुरी कायम राख्न चाहनेहरुलाई यस योजनाले फाइदा पुग्ने जनाइएको छ ।

केही दिनअघि स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योतिले लकडाउन पछि आफ्ना ग्राहकलाई विशेष स्कीम दिन सकिन्छ कि भनेर आफुहरुले काम गरिरहेको जानकारी दिएका थिए ।

यो पनि पढ्नुस्ः मासिक १ रुपैयाँ किस्तामा सवारीसाधन दिन सकिन्छ किः सौरभ ज्याेति

‘जस्तै परिस्थितिमा पनि होन्डा छ तपाई सँगै’ ट्यागलाइन सहित कम्पनीले यो योजना अगाडि ल्याएको छ । यस स्कीम सम्बन्धी थप जानकारी लिन चाहने ग्राहकले नेपाल टेलिकमको १६६ ०० १ ४६६३२ र एनसेलको ९८०१५७११११ मा फोन गर्न सकिने जनाइएको छ ।

होन्डाले नेपालमा विभिन्न मोडलका स्कुटरहरु डियो, एभीएटर, एक्टीभा लगायत बिक्री गर्दै आएको छ भने साइन, यूनिकर्न, एक्सव्लेड, हर्नेट लगायतका मोटरसाइकल बिक्री गर्दै आएको छ ।


Back_to_top