बजाजले ल्यायो नयाँ अफर: २०% डाउन पेमेन्टदेखि व्याज तिर्नु नपर्नेसम्म

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कोभिड १९ पछि मोटरसाइकल किन्न चाहने आफ्ना ग्राहकलाई ध्यानमा राख्दै भारी छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले आज उक्त योजना सार्वजनिक गरेको हो ।

बजाजले आफ्नो सबै किसिमको उत्पादनमा १२ हजार रुपैयाँसम्म नगद छुट वा सुन्य प्रतिशत व्याजदरसम्म अफर गरेको छ ।

सुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ भने २० प्रतिशत डाउन पेमेन्ट गरेर किन्नेले भने व्याज तिर्नु पर्ने हुन्छ ।

कोभिड १९ सँग अग्रमोर्चामा रहेर लड्दै आएकाहरुले बजाजको मोटरसाइकल किन्न चाहेको खण्डमा उनिहरुलाई थप विशेष छुट दिने कम्पनीले घोषणा गरेको छ ।

बजाजले अहिले डिस्कभर, प्लाटिना, विभिन्न रेञ्जका पल्सर मोडलहरु, एभेञ्जर, डोमिनार लगायतका मोडल बिक्री गर्दै आएको छ ।


Back_to_top