यातायात व्यवस्था कार्यालयहरु खुल्ने तयारी गर्दै, आगामी हप्ताबाट काम सुरु हुने

काठमाडौं । सरकारले आजबाट लकडाउन खुकुलो गर्ने निर्णय मन्त्रीपरिषदको बैंकले गरेको भनिए पनि त्यसको आधिकारीक जानकारी बाहिर नआएकाले आज अधिकांश सरकारी कार्यालयमा काम भने भएका छैनन् ।

यातायात व्यवस्था कार्यालयहरुमा अहिले केही कर्मचारीहरु काममा आइरहेका द्धन् भने विभिन्न फाँटहरु भने खुलेका छैननु ।

‘हामी सरकारको निर्णय कुरेर बसेका छौं । निर्णयपछि मात्रै सवारीसाधनको कर, नामसारी लगायतका काम सुरु हुन्छ’, यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा बागमती, गुर्जुधारका एक कर्मचारीले भने ।

उनका अनुसार आगामी हप्ताबाट नामसारी लगायतका काम अघि बढ्छ । तर, सरकारी निर्णय नआएसम्मलाई भने अत्यावश्यक सेवामा गुड्ने सवारीसाधनको काम भने हुने छ ।

अहिले सबै किसिमका कर, दर्ता, ठाउँसारी, ड्राइभिङ लाइसेन्स वितरण, परिक्षा, ट्रायल जस्ता सबैकाम रोकिएका छन् । गुर्जुधार मात्र होइन । सरकारको निर्णयको पखाईमा देशभरका यातायात कार्यालयहरु रहेका छन् ।

सरकारले ५० प्रतिशत कर्मचारीलाई सेवामा फर्काएर विस्तारै सबै सेवा सुचारु गराउँदै लाने रणनीति बनाएर काम गरिरहेको जनाएको छ । यद्यपी यी सबै कुरा बुझन भने सरकारले आज गर्ने पत्रकार सम्मेलन कुर्न पर्ने हुन्छ ।


Back_to_top