मापसेका कारण कुन प्रदेशमा हुन्छन् धेरै सवारी दुर्घटना ?

काठमाडौं । मादक पद्धार्थ सेवन (मापसे)का कारण काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखमा महिनामा मापसे गरेका चालकले सवारी चलाउँदा देशभर १२४ वटा दुर्घटना भएका छन् । तीमध्ये झण्डै ३० प्रतिशत दुर्घटना उपत्यकामा भएको प्रहरीको तथ्यांक छ ।

प्रहरीका अनुसार मापसेका कारण वैशाखमा उपत्यकामा ३७ वटा सवरी दुर्घटना भएका छन् । जसमा परी २ जनाले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका छन् ।

त्यस्तै, मापसेका कारण कोशीमा ३५ वटा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ५३ जना घाइते भएका छन् ।

त्यसैगरी, मापसेका कारण मधेश प्रदेशमा २० वटा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । त्यसैगरी, बागमती प्रदेश (उपत्यका बाहेक) १२ दुर्घटना हुँदा एक जनाको मृत्यु र १९ घाइते, गण्डकीमा ५ दुर्घटना हुँदा ४ जनाको मृत्यु र ३ घाइते, लुम्बिनीमा ९ दुर्घटना हुँदा ३ जनाको मृत्यु र १५ घाइते, कर्णाीमा ३ दुर्घदना हुँदा ३ घाइते र सुदूरपश्चिममा ३ दुर्घटना हुँदा ४ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ ।

वैशाखमा देशभर मापसेका कारण १२४ सवारी दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ भने १२४ घाइते भएका छन् ।


Back_to_top