बीवाइडी एटो थ्रीमा भएका मुख्य ६ परिवर्तन

काठमाडौं । बीवाइडीले आफ्नो ग्लोबल मोडल एटो थ्रीको नयाँ जेनेरेशन मोडल बाहिर ल्याएको छ । कम्पनीले व्यापक परिवर्तनसहित एटो थ्री बजारमा ल्याएको हो ।

चिनियाँ अटोमोबाइल जाइन्ट बीवाइडीले एटो थ्रीको नयाँ मोडलमा चार्जिङ स्पीडमा सुधार, सस्पेन्सन परिवर्तन, नयाँ क्याबिन, एडासमा परिवर्तनसँगै बाहिरी डिजाइन पनि फेरेको छ । विश्व बजारमा निकै सफल मोडल अबको केही महिना भित्रै अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्नेछ ।

नेपाली सडकमा ५ हजार युनिट हारहारी दौडिरहेको एटो थ्री निकै सफल एसयूभी मानिन्छ । बीवाइडीको टेक्नोलोजी र ब्याट्रीका कारण एटो थ्रीले नेपालमा ठूलो सफलता हात पारेको थियो ।

अब नयाँ जेनेरेशन एटो थ्री पनि नेपाली बजारमा छिट्टै आउने अनुमान गर्न सकिन्छ । त्यसको लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पूर्वाधार निर्माणको तयारी थालिसकेको अनुमान छ ।

हामीले यहाँ नयाँ एटो थ्रीमा भएका परिवर्तन र त्यसले बजारमा ल्याउने सकारात्मक प्रभाबका बारेमा यहाँ चर्चा गरेका छौं ।

१. ब्याट्री टेक्नोलोजी : बीवाइडीले नयाँ जेनेरेशन एटो थ्रीमा २.० ब्लेड टेक्नोलोजीको प्रयोग गरेको छ । साथै, यसअघिको तुलनामा ब्याट्री साइज पनि बढाएको छ । जसको कारण नयाँ एटो थ्रीको अनरोड रेन्ज नै ५०० किलोमिटर माथि पुगेको छ ।

२. साइज : एटो थ्रीको लम्बाइ २१० एमएमले बढेको छ । यसअघि ४४५५ एमएम लामो एटो थ्रीको नयाँ जेनेरेशन मोडल ४६६५ एमएम बनाइएको छ । ह्वीलबेस पनि बढेर २७७० एमएम, चौडाइ बढेर १८९५ एमएम र उचाइ १६७५ एमएम पुगेको छ । उचाइ ६० एमएमले बढेको हो ।

३. क्याबिन परिवर्तन :  यसअघिको क्याबिनलाई परिवर्तन गरेर एटो थ्रीको क्याबिन निकै मिनिमल बनाइएको छ । पूर्ण कालो कलरको इन्टेरियर थप भएको छ । १५.६ इन्चको सेन्टर स्क्रीन छ । गियर सेलेक्टर स्टेयरिङ कोलुममा राखिएको छ । अगाडि भेन्टिलेटेड सिट थप भएको छ । समग्रमा क्याबिनको फिट सिनिसिङ अब्बल बनेको छ ।

४. सस्पेन्स परिवर्तन : बीवाइडी एटो थ्रीमा सफ्ट र बडी मुभमेन्ट प्रदान गर्ने खालको सस्पेन्स थियो भन्नेहरूले अब परिवर्तन पाएका छन् । नयाँ मोडलमा सस्पेन्स अल्ली कडा र बडी मुभमेन्ट नहुने खालको बनाइएको छ । जसले उच्च गतिमा गाडी चलाउँदा पनि बलियो ‘स्टेबिलिटी’ पाउँछ ।

५. एडास परिवर्तन : आधुनिक ईभीमा एडासको भूमिका बढ्दै गएको छ । बीवाइडीले पनि नयाँ एटो थ्रीमा समय अनुसार एडासमा परिवर्तन गरेको छ । क्यामेरा थप भएको छ । सेन्सरहरूको संख्या बढेर २९ पुगेको छ । लेन एसिस्ट, पार्किङ ब्रेक र क्रुज कन्ट्रोलमा पहिलेभन्दा धेरै सुधार भएको छ ।

६. फ्ल्यास चार्जिङ सपोर्ट : नयाँ जेनेरेशन ब्लेड ब्याट्रीले १५०० किलोवाटको चार्जर सपोर्ट गर्छ । त्यही अनुसार ७४.८ किलोवाट आवरको ब्याट्री दिएको छ । जसलाई १५०० किलोवाटको चार्जरले ९७ प्रतिशतसम्म चार्ज गर्न ९ मिनेट लाग्छ ।


Back_to_top