काठमाडौं । यामाहा प्रमुख प्रयोजक रहेको हिमालय रोडिजको तेस्रो सस्करण आज सम्पन्न हँुदैछ । हिमालयन रोडिजको ग्राण्ड फिनाले आज साँझ ८ बजे हिमालयन टेलिभिजनमा प्रशारण हुनेछ ।
कोभिडका कारण रोकिएको उक्त कार्यक्रम लकडाउन अन्त्य भएसँगै पुनः प्रशारण सुरु भएको थियो ।
यामाहा हिमालयन रोडिको दोस्रो सस्करणदेखि मुख्य प्रायोज रहँदै आएको छ ।
गत बर्ष रोडिजका प्रतिस्पर्धीहरूले यामाहा एफजेड २५ मोटरसाइकल प्रयोग गरेका थिए भने बिजेता अन्य पुरस्कार राशिका साथै एफजेड २५ समेत जितेका थिए ।
यो सस्करणको सुरुवातमा प्रतिस्पर्धीले यामाहा एफजेड भी ३ प्रयोग गरेका थिए । केहि समय अगाडि कम्पनीले एफजेड २५ को एबीएस भर्सन सार्वजनिक गरेपश्चात प्रतिस्पर्धीले एफजेड २५ प्रयोग गरिरहेका छन् ।
यो सस्करणको विजेताले यामाहा एफजेड भी ३ का साथै अन्य पुरस्कार जित्नेछन् ।
उपाधिका लागि लाहुरेको टिमबाट सुजन सुवेदी र समन श्रेष्ठको टीमबाट दिवश श्रेष्ठ फाइनलमा भिड्दै छन् ।

