हर्नेटको ठाँउमा नयाँ २०० सीसीको मोटरसाइकल ल्याउँदै होन्डा

काठमाडौं । होन्डा हर्नेटलाई नयाँ मापदण्डको इन्जिनमा नल्याएको होन्डाले यसको स्थानमा नयाँ २०० सीसीको मोटरसाइकल ल्याउने तयारी गरिरहेको बिभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।

स्कुटरमा बलियो पकड बनाएको भएपनि होन्डाले मोटरसाइकल सेग्मेन्टमा अन्य कम्पनी भन्दा कमजोर नै भएकाले २०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।

अहिले होन्डासँग ११०, १२५ र १६० सीसी सेग्मेन्टमा मात्रै मोटरसाइकल रहेको र २०० सीसी सेग्मेन्टमा माग उच्च रहेकाले कम्पनीले उक्त सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।

अहिले भारतीय प्लान्टमा होन्डाले बनाउन लागेको यो मोटरसाइकल बजारमा आएसँगै बजाज पल्सर एनएस २००, टीभीएस आरटीआर २०० फोर भी जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

होन्डाको नयाँ मोटरसाइकल अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको सिबिएफ १९० आरमा आधारित रहने अनुमान गरिएको छ । अहिले सिबिएफमा १८४ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । यसलाई केहि परिमार्जन गरेर योभन्दा बढी पावरमा ल्याउने अनुमान गरिएको छ ।

सिबिएफ १९० आरकै डिजाइनमा आउने नयाँ मोटरसाइकलमा यूएसडी फर्क भने रहने छैन । भारतमा उत्पादन हुने मोटरसाइकल कम मूल्यको बनाउन् पर्ने हुँदा यूएडी फर्क हटाउन लागिएको हो ।

होन्डाले अहिले यूनिकर्न, सिबी साइन, ड्रिम युगा, एक्सव्लेड, हर्नेट जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ । नयाँ मोडल आएसँगै २०० सीसीसम्मको रेञ्जमा हेन्डाका मोटरसाइकल उपलब्ध रहने छन् ।


Back_to_top