म्याक लुब्रिकेन्टस्को ‘स्क्रीनशट एण्ड विन’ को विजेता छनोट

काठमाडौं । म्याक लुब्रिकेन्टस्संगको सहकार्यमा २०७७ सालको गाईजात्रा कार्यक्रम डिजिटल प्रविधिबाट प्रसारण भएर भव्यताका साथ सम्पन्न भएको छ । विद्यमान विसम परिस्थितिलाई मध्यनजर गर्दै र स्वास्थ सुरक्षा सर्तकता अपनाउदै यस वर्ष गाईजात्रा परिवारले आफ्नो हाँसो, व्यंग्य र मनोरञ्जनले भरिपुर्ण कार्यक्रमलाई डिजिटल प्रविधि मार्फत सम्पुर्ण दर्शकहरु माझ प्रस्तुत गरेको हो ।

गाईजात्रे कार्यक्रमलाई अझै रोचक बनाउन म्याक लुब्रिकेन्टस्को तर्फबाट ‘स्क्रीनशट लिनुहोस्, उपहार जित्नुहोस’ नामक योजना समावेश गरिएको थियो । सो योजनामा गाईजात्रा हेदैँ गर्दा म्याक फोर टी स्क्रृनमा आएको बेला स्क्रीनशट लिएर म्याक लुब्रिकेन्टस् नेपालको फेसबुक पेजमा तस्वीर इनबक्स गरि म्याक लुब्रिकेन्टस्को तर्फबाट प्रदान गरिने विभिन्न आकर्षक पुरस्कार योजनामा सहभागि हुन सकिने व्यवस्था थियो ।

२०७७ साल श्रावण १५ बाट सुरुभई २५ गतेसम्म चलेको यस कार्यक्रममा देशभरिबाट कुल ३८६ जनाले सहभागिता जनाएका थिए । सहभागि प्रतिस्पर्धीहरु मध्ये २५ जनालाई २०७७ साल भाद्र ५ गते हरितालिका तीजको अवसर पारेर म्याक लुब्रिकेन्टस् नेपालले आफ्नो फेसबुक पेजमा लाइभ लक्की ड्र मार्फत विजेता घोषण गरेको हो ।

प्रत्येक भाग्यशाली विजेताले म्याक लुब्रिकेन्टस्काे तर्फबाट म्याकको इन्जिन आयल एक वर्ष निःशुल्क पाउनुको साथै अन्य थुप्रै आकर्षक उपहारहरु प्राप्त गरेका छन् ।

म्याक लुब्रिकेन्टस् नेपाल हेड रोशन कुमार श्रेष्ठ, प्रसिद्द हास्यव्यंग्य कलाकार मनोज गजुरेल, ब्राण्ड वर्थ मिडियाका मोहन गजुरेल, पिबिसीयल ल्यूबका रिजनल मेनेजर राजिव कुमार तथा कन्ट्री मेनेजर मुकुन्द धमला बिजेता घोषणा कार्यक्रममा उपस्थित थिए ।

कोरोना संक्रमणको महामारीको बेलामा पनि डिजिटल प्रबिधिको माध्यमबाट २०७७ सालको गाईजात्रा कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदैं आगामी दिनहरुमा अझै आकर्षक र मनोरञ्जनात्मक प्रस्तुतिहरु लिएर आउने बाचा म्याक लुब्रिकेन्टस्ले गरेको छ ।


Back_to_top