संसारकै सस्तो इलेक्ट्रीक कार ओरा-१ मा जोडियो ‘बिएमडब्ल्यू’

काठमाडौं । चिनीयाँ कम्पनी ग्रेटवाल मोटर्सले आफ्नो सर्वाधिक कम मूल्यको इलेक्ट्रीक कार ओरा १ लाई विश्व बजारमा निकै आक्रमक व्यवसायीक प्लानसहित अगाडि बढाएको छ ।

विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रीक कारको रुपमा पहिचान बनाएको ओरा १ को उत्पादन ग्रेटवाल मोटर्सले अष्ट्रियामा पनि सुरु गर्ने भएको छ । कम्पनीले सन् २०२२ बाट भियना प्लान्टबाट आफ्नो उत्पादन सुरु हुने जनाएको छ । यसकाे अन्तर्राष्ट्रिय बजार मूल्य ८ हजार ४ सय अमेरिकी डलर रहेकाे छ ।

चीनमा पीक अप उत्पादनमा अब्बल रहेको कम्पनीले बिएमडब्ल्यूसँगको सहकार्यमा इलेक्ट्रीक कार उत्पादनलाई तिब्रता दिने भएको हो । त्यसको लागि चर्चित जर्मन ब्राण्ड बिएमडब्ल्यू र ग्रेटवाल मोटर्सको बीच सम्झौंता भइसकेको छ ।

जर्मनीको ‘एलविओ अटोमोटीभ सिस्टम’को प्रयोग भएर ओरा उत्पादन हुने छ । यसमा दिन लागिएको उक्त सिस्टमको मुख्य विशेषता अप्टिकल सेन्सरमा आधारित रहेर वातावरण अनुकुल चलाउन मिल्नु हो । यस्तो कार केही सर्तहरुको पालनापछि चालकले हातको प्रयोग नगरिकनै गुडाउन सक्ने ग्रेटवाल मोटर्सको दाबी छ ।

खराव सडकमा पनि यसमा प्रयोग भएको सफ्टवेयरको साहायताले ओरा १ लाई चलाउन सकिने छ । यसमा दिइने अधिकांश फिचरको प्रयोग सेन्सरको माध्यमबाट गर्न सकिने कम्पनीको दाबी छ ।

सन् २०२० को सुरुवात मै नेपाल ल्याउन विभिन्न कम्पनीले दौडधुप गरेको भएपनि ग्रेटवालको चर्चित इलेक्ट्रीक कार कोरोनाको कारण नेपाल ल्याउने कम्पनीको छनोट हुन सकेको थिएन ।

त्यसपछि नेपालमा लकडाउन भएकै समयमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय कारमा बढाएको करले कम्पनीहरु नै यसलाई नेपाल ल्याउने प्रक्रियाबाट पछाडि हटेको अनुमान गरिएको छ ।

यद्यपी यसमा प्रयोग भएको व्याट्री, मोटर र यसको रेञ्जको आधारमा सरकारले केही छुट दिने हो भने नेपाल आउन सक्ने संभावना बाँकी नै रहेको छ ।


Back_to_top