काठमाडौं । बीएडब्ल्यू मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हिमालयन मोर्टाडले नयाँ स्कीम ल्याएको छ । कम्पनीले मोटरसाइकल खरिदमा ५५ हजारसम्म छुट अफर ल्याएको हो ।
निषेधाज्ञा जारी रहेको अबस्थामा कम्पनीले आफ्नो फेसबुक मार्फत उक्त जानकारी दिएको हो ।
ग्राहकले बीएमडब्ल्यू जी ३१० आर तथा जी ३१० जीएसको खरिदमा विभिन्न ग्याजेट र नगदगरि ५५ हजार रुपैयाँसम्म छुट पाउने छन् । राईडिङ गियर, हेलमेट लगायतका सामान नचाहिने नगद ५५ हजार रुपैयाँ छुट लिन सक्नेछन् ।
बिएमडब्ल्यूले नेपालमा बिक्री गर्दै आएको दुबै मोटरसाइकलमा समान ३१० सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले ३३.६ बीएच पावर ९५०० आरपीएममा जेनेरेट गर्छ भने २८ एनएम कर्ट जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
बीएमडब्यू जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ रहेको छ भने यसका तिन कलर अप्सन रहेको छ । नेपाली बजारमा कलर अनुसार मूल्य फरक रहेको छ । यस्तै जी ३१० आरको मूल्य ९ लाख ७५ रुपैयाँ सुरुवाति मूल्य रहेको छ ।
कम्पनीले यी मोटरासइकलमा ३ बर्षको फ्रि सर्भिसिङ समेत उपलब्ध गराउने जनाएको छ ।


