होन्डाले भारतमा बिक्री सुरु गर्दै ५०० सीसी क्षमताका तीन मोटरसाइकल

काठमाडौं । जापनीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले भारतीय बजारमा ५०० सीसी रेञ्जका तीन मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले मिड रेञ्ज मोटरसाइकलमा सीबी ५०० एफ, सीबी ५०० आर, सीबी ५०० एक्स ल्याउने तयारी गरेको हो ।

कम्पनीले पछिल्लो समय भारतमा बिक्री भइरहेको सीबीआर २५० आर र सीबी ३०० आरको बिक्री बन्द गरेको थियो ।

कम्पनीका अनुसार भारतीय बजारमा दीवाली सिजनमा सीबी ५०० रेञ्जका तीन मोटरसाइकल सार्वजनिक हुनेछन् । यी मध्य एकको बिक्री दिपावलीमा सुरु हुने र अन्य दुई मोडल केही समय पश्चात बिक्री गर्ने रणनीति होन्डाले बनाएको बताइन्छ ।

सीबी ५०० आर स्पोर्टस टुरर मोटरसाइकल रहेको छ । यस्तै सीबी ५०० एफ नेकेड स्ट्रीट फाइटर डिजाइनमा रहेको छ भने, सीबी ५०० एक्स एडभेन्चर टुरर डिजाइनमा रहेको छ ।

सीबी ५०० रेञ्जमा ४७१ सीसी, लिक्वीड कुल्ड, प्यारलल् ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले ४७ पीएस पावर तथा ४५ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top