काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आजबाट नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएसको बिक्री सुरु गरेको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा तयार भएको मोटरसाइकल हो ।
यसमा रोडस्टर डिजाइनको हेडल्याम्प दिइएको छ । एलइडी डीआरएलको साथ आएको मोटरसाइकललाई एबीएसले थप सुरक्षीत बनाएको छ ।
यसमा १६० सीसी क्षमताको बजाजको चर्चित डीटीएसआई इन्जिन दिइएको छ । उक्त इन्जिनले १५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुयल ट्रान्समिसन प्रयोग भएको छ ।
सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० मा अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेक दिइएको छ । चालकको आरामदायी यात्राको लागि यो लामो स्लंग, लामो सिट र फुटरेस्ट दिइएको छ ।
नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टको साथ शुरुवाती मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँमा देशभरका डिलर नेटवर्कमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


