काठमाडौं । सुजुकीको चर्चित एसयूभी जिम्नीको नयाँ संस्करण नेपाल आउने विषय अझै टुङ्गोमा नपुगेको आधिकारीक वितरक सिजी मोटोकर्पले जनाएको छ । पहिला सुजुकी भिटारा नेपाल आउने छ । कम्पनीले भिटाराको बुकिङ समेत लिन सुरु गरेको छ ।
‘जिम्नी नेपाल आउने विषयमा लगभग फाइनल भइसकेको छ । तर, मिति भने एकिन भएको छैन’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
नयाँ संस्करणको जिम्नीमा १.५ लिटर फोर सिलिन्डर इन्जिन दिइएको छ । फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध यो एसयूभी म्यानूयल र अटोमेटिक दुबै ट्रान्समिशनमा उपलब्ध रहेको छ ।
यसको लम्बाई ३६४५ एमएम, चौडाई १६४५ एमएम र उचाई १७२० एमएम रहेको छ । यसमा वाइप डाउन इन्टेरियर, हिल डिसेन्ट कन्ट्रोल, स्टील ह्वील, एन्टी स्क्राच प्लास्टिक बम्पर, ह्वील आर्क-स्पार्टजस्ता कम्पोनेन्टको प्रयोग गरिएको छ ।
क्लाइमेट कन्ट्रोल नोभ, आकर्षक तथा कम्फर्टेवल सिट, ३७७ लिटर लगेज स्पेश, ग्रेटर लेग रुम, २२५० एमएमको ह्वीलवेश रहेको छ ।
चालकको सुरक्षालाई ध्यानमा राख्दै यसमा एयरब्याग दिइएको छ । यसकासाथै १५ इन्च अलोय ह्वील, एलईडी हेडलाइट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड र एप्पल स्मार्टफोन मिररिङ्गलगायतका विशेषता दिइएको छ ।

